IME Life New

कर्णाली डेभलपमेन्ट बैंकमाथि राष्ट्र बैंकको एक्सन, निक्षेप लिन र कर्जा प्रवाहमा रोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकमाथि कारबाही गरेको छ।

केन्द्रीय बैंकले बाँकीको नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकलाई थप निक्षेप लिन र कर्जा प्रवाहमा रोक लगाएको हो। गत साउन ६ गतेदेखि साउन ११ गतेसम्म राष्ट्र बैंकबाट सम्पन्न लक्षित निरीक्षणको प्रतिवेदअनुसार उक्त बैंकको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा नियामकीय प्रावधानबमोजिम न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्क्रिय कर्जा ४०.८५ प्रतिशत कायम हुनेलगायतका कारणले थप निक्षेप लिन र कर्जा प्रवाह गर्न रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

बैंकको वित्तीय अवस्था समस्यान्मुख देखिएको हुँदा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले यो कदम चालिएको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र उक्त बैंकको नयाँ व्यवस्थापनले बैंकको वित्तीय परिसूचकहरुमा सुधार गर्ने सर्तमा आजैको मितिदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खोता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS