IME Life New

बढेन गाडी कर्जाको माग, बैंकहरुबाट सवा १ खर्ब प्रवाह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुमा गाडी कर्जाको माग बढ्न नसकेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्मको तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार समीक्षा अवधिसम्म बैंकहरुबाट १ खर्ब २४ अर्ब ९४ करोड ५१ लाख रुपैयाँ गाडी कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकबाट १ खर्ब २९ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ गाडी कर्जा गएको देखिन्छ। अघिल्लो वर्षको तुलनामा गाडी कर्जा ३.६५ प्रतिशतले घटेको छ।

Esewa
Crest

बैंकहरुबाट व्यावसायिक प्रयोजनका लागि जारी गाडी कर्जा घटेको छ भने व्यक्तिगत प्रयोजनका लागि जाने गाडी कर्जा बढेको छ।

व्यावसायिक प्रयोजनका लागि समीक्षासम्म बैंकहरुबाट ८५ अर्ब १० करोड ५७ लाख रुपैयाँ गएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुले ९४ अर्ब ७६ करोड ४२ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा व्यावसायिक प्रयोजनका लागि बैंकहरुबाट गएको गाडी कर्जा १०.१९ प्रतिशतले घटेको छ।

यसैगरी व्यक्तिगत प्रयोजनका लागि बैंकहरुले समीक्षा अवधिसम्म ३९ अर्ब ८३ करोड ९४ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुबाट ३४ अर्ब ९१ करोड ५६ लाख रुपैयाँ गाडी कर्जा गएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा व्यक्तिगत प्रयोजनका लागि जाने गाडी कर्जा १४.१० प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS