IME Life New

गभर्नर अधिकारी भारतीय रिजर्भ बैंकले आयोजना गरेको सम्मेलनमा सहभागी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी २०८१ मंसिर ६ देखि ७ गते (२१–२२ नोभेम्बर २०२४) सम्म भारतको मुम्बईमा आयोजित हाई लेभल पोलिसी कन्फ्रेन्स अफ सेन्ट्रल बैंक फ्रम दि ग्लोबल साउथमा सहभागी भएका छन्।

भारतीय रिजर्भ बैंकले आफ्नो स्थापनाको ९० औँ वर्षका अवसरमा आयोजना गरेको उक्त सम्मेलनमा ग्लोबल साउथका केन्द्रीय बैंकका गभर्नर एवं उच्च पदस्थ पदाधिकारी, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक समूह, बैंक फर इन्टरनेसनल सेटलमेन्ट, स्विफ्ट, भिसाजस्ता भुक्तानी प्रणालीसँग सम्बन्धित क्षेत्रका प्रतिनिधिलगायतका १८ देशका उच्चपदस्थ व्यक्तित्व एवं विज्ञको सहभागिता थियो । भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दास प्रमुख वक्ता रहेको सम्मेलनमा आर्थिक वृद्धि र मुद्रास्फीतिको सन्तुलन, मौद्रिक नीतिको सञ्चार, फिनटेक र डिजिटल बैंकिङ, विदेशी विनिमय संचिति व्यवस्थापन, नियमन र सुपरिवेक्षणजस्ता क्षेत्रमा ग्लोबल साउथ केन्द्रीय बैंकहरुले भोगेका चुनौती, अनुभव र अबको बाटोका बारेमा फरक–फरक सत्रमा छलफल भएको थियो।

Esewa
Crest

सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा गभर्नर अधिकारीले ब्यालेन्सिङ ग्रोथ एन्ड इन्फ्ल्यासन इन दि ग्लोबल साउथ विषयक प्यानल डिस्कसनमा ग्लोबल साउथका केन्द्रीय बैंकहरुको प्रतिनिधित्व गर्दै पेनालिस्टका रुपमा आर्थिक वृद्धि र मुद्रास्फीति सन्तुलनका सैद्धान्तिक पक्ष र ग्लोबल साउथ अर्थतन्त्रका अप्ठ्रो, नेपालजस्तो भूपरिवेष्ठित एवं स्थिर विनिमयदर भएको मुलुकले लिनसक्ने नीतिगत बाटो लगायतमा आफ्नो मन्तव्य राखेका थिए। सोही दिनको चौथो सत्रमा अधिकारीले कोभिड–१९ र त्यसपश्चात विकसित भूराजनीतिक तनावले मूल्य स्थिरता, बाह्य क्षेत्र र वित्तीय स्थायित्वमा नेपाल राष्ट्र बैंकले चालेका कदमको अनुभव प्रस्तुत गरेका थिए।

यसका साथै यस्ता उच्चस्तरीय क्षेत्रीय छलफल मञ्चको आवश्यकता बढेको र ग्लोबल साउथ केन्द्रीय बैंकहरुबीच समन्वय गर्न भारतीय रिजर्भ बैंकले खेलेको भूमिका महत्वपूर्ण रहेको धारणासमेत अधिकारीले राखे।

उक्त सम्मेलनमा बैंकको आर्थिक अनुसन्धान विभागका उपनिर्देशक डा गुणराज भट्टको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS