IME Life New

कहिलेसम्म शेयर किन्नले फरवार्ड माइक्रोफाइनान्सको १४% लाभांश पाउने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने मंसिर १३ गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १३ गतेसम्म कायम शेयरधनीहरु यो लघुवित्त लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले आफ्नो १२ औँ वार्षिक साधारणसभा मंसिर २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सुनसरीको दुहबीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश छन्।

बोनस शेयर वितरणपछि संस्थाको जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियामक निकायहरुबाट प्राप्त निर्देशन र सुझावअनुसार गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले अन्य लघुवित्त वित्तीय संस्थालाई गाभ्ने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त देखिएमा सम्पूर्ण कार्य अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS