काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीले शेयर बिक्रीका लागि बैंकमा निवेदन दिए अनुसार बैंकले शेयर बिक्रीमा ल्याएको हो ।
शेयर किन्न इच्छुक संस्थापकले सूचना प्रकाशति भएको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ । सो शेयरको मूल्य भने सूचनामा खुलाएको छैन।
बैंकले तोकेको यस समयसीमा भित्र बैंकका संस्थापकबाट शेयरमा आवेदन नपरेको खण्डमा सर्वसाधारणमा बिक्री खुला गरिने बैंकको भनाई छ ।