IME Life New

ट्रम्पको जितले एलन मस्कका लागि टाउको दुखाइ बन्यो यो एप, सत्यता के हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ब्लुस्काई सुरु भएको धेरै महिना भयो। तर, हाल यो प्लेटफर्मको निकै चर्चा भइरहेको छ। यो प्लेटफर्म एलन मस्कको एक्स (पहिले ट्विटर) बाट सुरु भएको थियो। अब एक्सबाट धेरै प्रयोगकर्ता ब्लुस्काईमा स्विच गर्दै छन्।

यता धेरै मानिसले एलन मस्कलाई त्यागेका छन् भने उता ब्लुस्काईमा प्रयोगकर्ताको संख्या बढ्दै गएको छ। विशेषगरी डोनाल्ड ट्रम्प अमेरिकामा सत्तामा आएपछि यो प्रवृत्ति बढेको छ। यस्तो अवस्थामा ब्लुस्काई आज एक्सको सबैभन्दा ठूलो प्रतिद्वन्द्वीजस्तो देखिएको छ।

Esewa
Crest

ब्लुस्काई ट्विटर (अहिले एक्स)का संस्थापक जैक डोर्सीद्वारा सुरु गरिएको हो।। विकेन्द्रीकृत सामाजिक सञ्जाल प्लेटफर्म सिर्जना गर्ने उद्देश्यले उनले यसलाई सुरु गरेका हुन्। विकेन्द्रीकृत भन्नाले जसको नियन्त्रण कुनै एक व्यक्तिको हातमा छैन। सन् २०२१ मा उनले ब्लुस्काईई छुट्टै संस्था बनाए।

त्यसबेला जे ग्रेबरलाई यसको सीईओ बनाइएको थियो। यद्यपि, सन् २०२२ मा एलन मस्कले ट्विटर किनेका थिए र कम्पनीले ब्लुस्काईसँगको सबै सम्बन्ध समाप्त ग¥यो। ब्लुस्काईले दुई राउन्डमा २.३ करोड डलरको कोषका साथ आफ्नो यात्रा जारी राख्यो।

केही समयपछि ज्याक डोर्सी पनि ब्लुस्काईबाट अलग भए। उनले ट्विटरमा रहँदा आफूले गरेको गल्ती दोहोर्याउँदै आएको भन्दै कम्पनीबाट टाढिए। सुरुमा एउटा इन्भाइटमार्फत मात्र ब्लुस्काईमा सामेल हुन सकिन्थ्यो। तर, गत फेब्रुअरीमा यो सबै प्रयोगकर्ताका लागि सुरु गरिएको थियो।

विस्तारै यो एप लोकप्रिय हुँदै गयो। जब ब्राजिलले यस वर्ष अगस्टमा एक्सलाई प्रतिबन्ध लगाएको थियो तब ब्लुस्काईले ठूलो अवसर पायो। त्यसपछि यो प्लेटफर्मले ल्याटिन अमेरिकामा एकै दिनमा २६ लाख प्रयोगकर्ता पाएको थियो, जब एक्स त्यहाँ काम गरिरहेको थिएन। यो प्लेटफर्मले अक्टोबरमा एकै दिनमा ५ लाख प्रयोगकर्ता पनि पायो जब एलोन मस्कले एक्समा नयाँ अपडेट रोल आउट गरे। यस रोलआउटअन्तर्गत ब्लक गरिएका प्रयोगकर्ताले उनीहरुलाई ब्लक गरेका प्रयोगकर्ताको सार्वजनिक पोस्ट पनि हेर्न सक्नेछन्।

अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पको जितपछि ब्लुस्काईका प्रयोगकर्ताको संख्या फेरि बढेको छ। सिमिलरवेबका अनुसार अमेरिकी राष्ट्रपति चुनावको दिन ४.२३ करोड प्रयोगकर्ताले एक्स भ्रमण गरेका छन् र धेरैले प्लेटफर्मलाई निष्क्रिय पनि गरेका छन्। नोभेम्बर ५ र नोभेम्बर १२ बीचमा लगभग १८ लाख प्रयोगकर्ताले यो प्लेटफर्म छोडेका छन्।

यसबाट ब्लुस्काईलाई प्रत्यक्ष फाइदा भएको छ। सेप्टेम्बरमा यस प्लेटफर्ममा प्रयोगकर्ताको संख्या ९० लाख थियो। अहिले प्रयोगकर्ताको संख्या १ करोड ९० करोड पुगेको छ। यस प्लेटफर्मले मेटाको थ्रेडहरुभन्दा बढी वेब भिजिट पाइरहेको छ। यो आईओएसमा शीर्ष निःशुल्क एप भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS