IME Life New

ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा ग्लोबल आइएमई बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन बैंकको ५.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य २४१ रुपैयाँ ७१ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, बैंकको शेयर प्रतिकित्ता २५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

Esewa
Crest

आगामी आइतबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा बैंकको शेयर कारोबार खुल्नेछ। बैंकले मंसिर २७ गते, बिहीबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS