IME Life New

गुगललाई ठूलै झट्का दिने योजनामा अमेरिका, क्रोम बेच्न पर्न सक्छ दबाब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको न्याय विभागले गुगलमाथि क्रोम बेच्नका लागि दबाब सिर्जना गर्न सक्ने देखिएको छ।

ब्लुमबर्ग रिपोर्टका अनुसार अमेरिकाको न्याय विभागलेले गुगलको माउ कम्पनी अल्फाबेटमाथि क्रोम ब्राउजर बेच्नका लाग दबाब सिर्जना गर्न न्यायाधीशलाई निर्देशन दिन सक्छ। यसका अलावा आर्टिफिसियल इन्टेलिजेन्स र गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमलाई लिएर पनि विभागले महत्वपूर्ण कदम उठाउन सक्ने अनुमान गरिएको छ। न्यायाधीश अमित मेहतले दिग्गज टेक कम्पनीका लागि डाटा लाइसेन्स अनिवार्य गर्न पनि सक्ने अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्।

Esewa
Crest

यदि यी सबै निर्णय भएमा टेक्नोलोजी कम्पनीविरुद्ध उठाइएको यो सबैभन्दा ठूलो कदम हुनेछ। गत अगस्टमा अदालतले गुगलको एन्टी ट्रस्ट नियमहरु उल्लंघनमा दोषी ठहर गरेको थियो। गुगलको सर्च र एड्भटाइजमेन्ट मार्केटमा आफ्नो एकाधिकारको गलत फाइदा उठाएको अदालतले ठहर गरेको थियो।

मौजुदा अवस्थामा ग्लोबल ब्राउजर मार्केटमा गुगल क्रोमको ६५ प्रतिशत हिस्सा रहेको छ।

गुगलको एन्ड्रोइड ओएसलाई लिएर पनि कडा फैसला आउन सक्ने अनुमान गरिएको छ। रिपोर्टअनुसार गुगलको एन्ड्रोइड ओएसलाई आफ्नो अर्को सेवाहरुबाट अलग गर्नुपर्ने हुन सक्छ। यसमा सर्च र गुगल प्ले मोबाइल सेवा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS