IME Life New

प्रथम त्रैमासमा शेयर बजारको प्रदर्शन कस्तो ? राष्ट्र बैंकले ल्यायो यस्तो प्रतिवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा शेयर बजारको अवस्थाबारे पनि विभिन्न सूचकहरु समेटिएका छन्।

प्रतिवेदनअनुसार २०८० असोज मसान्तमा १८६४.६२ रहेको नेप्से परिसूचक बढेर २०८१ असोज मसान्तमा २७४२.८९ कायम भएको छ। २०८१ असोज मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.४३ खर्ब ६१ अर्ब ४५ करोड कायम भएको छ। २०८० असोज मसान्तमा बजार पुँजीकरण रु.२८ खर्ब ६१ अर्ब ५२ करोड रहेको थियो।

Esewa
Crest

यसैगरी २०८१ असोज मसान्तमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीको संख्या २६७ पुगेको छ। सूचीकृत कम्पनीमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० असोजमा सूचीकृत कम्पनीको संख्या २६३ रहेको थियो।

यसैगरी सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५९.२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १४.७ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.३ प्रतिशत रहेको छ।

नेप्सेमा २०८१ असोज मसान्तमा सूचीकृत ८ अर्ब ३९ करोड शेयरको चुक्तामूल्य रु. ८ खर्ब ३२ अर्ब ९ करोड रहेको छ। समीक्षा अवधिमा रु. ३ अर्ब ४३ करोडबराबरको बोनस शेयर, रु. १ अर्ब ७२ करोडबराबरको हकप्रद शेयर र रु. ४७ लाखबराबरको एफपीओ गरी कुल रु. ५ अर्ब १५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

प्रतिवेदनअनुसार समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.४ अर्ब ६ करोडबराबरको हकप्रद शेयर र रु. ७० करोडबराबरको म्युचुअल फन्ड गरी कुल रु. ४ अर्ब ७६ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS