IME Life New

सातवर्षे बालकलाई रसियन आईटी कम्पनीबाट प्रमुख प्रशिक्षकको जागिर प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एउटा रसियन आईटी कम्पनीले सातवर्षे बालकलाई जागिरको प्रस्ताव गरेको छ।

आई कम्पनी प्रो३२ले सेट पिटरबर्गका बालक सर्गेलाई कम्पनीको प्रमुख प्रशिक्षक पदमा नियुक्त गर्न जागिरको प्रस्ताव गरेको हो। बालकलाई तलब उपलब्ध गराउने गरी कम्पनीले प्रस्ताव गरेको छ।

Esewa
Crest

सर्गेले ५ वर्षको उमेरदेखि नै सफ्टवेयर विकास गर्दै आएका छन्। उनले सफ्टवेयर विकाससम्बन्धी थ्रुपै भिडियोहरु आफ्नो युट्युब च्यानलमा राखेका छन्। युट्युब च्यानलमा सफ्टवेयर विकासबारे उनी आफैँले रसियन भाषा बताउने गरेका छन्। कहिले–काहीँ उनले टुटफुट अंग्रेजी भाषा पनि बोल्ने गरेका छन्। उनले कोडिङसम्बन्धी जानकारी पनि दिने गरेका छन्। उनको युट्युब च्यानलमा ३ हजार ५०० सब्सक्राइबर छन्।

लर्निङ प्रोग्रामिङ ल्यांग्वेज पाइथन र युनिटी तथा एआई टुलसम्बन्धी न्युरल नेटवर्कबारे बुझ्न चाहनेहरुले सर्गेको भिडियो हेर्न गरेका छन्।
सर्गेको उत्कृष्ट डेभलपर स्किल र युनिक प्रशिक्षणले आफूहरु उनीप्रति आकर्षित भएको प्रो३२का कार्यकारी प्रमुख आइगोर मन्दिकले बताए। ‘हामीले सर्गेको परिवारसँग कुराकानी गरेका छौँ, सहकार्य गर्न भनेका छौँ’, उनले भने, ‘हामीले फोन गर्दा सर्गेका बुवा किरिल छक्क परे। उनी छोरालाई जागिर अफर आएकोमा दंग पनि छन्।’

रसियाको कानुनमा १४ वर्ष नपुगी तलब पाउने गरी काम गर्न मिल्दैन। ‘म विश्वस्त छु सर्गे १४ वर्ष पुगेपछि सफ्टवेयर डेभलपरसम्बन्धी प्रशिक्षणका गुरु हुनेछन्। हामी उनलाई छिट्टै आफ्नो स्वागत गर्न चाहन्छौँ।’

प्रो३२ मस्कोमा रहेको छ। ‘कम्पनीले सर्गेबाट धेरै कुरा सिक्न पाउनेमा आशावादी छु’, मन्दिकले भने, ‘अहिले नमिले पनि हामी ७ वर्ष कुर्न तयार छौँ। त्यसपछि उनलाई राम्रो तलब दिएर कम्पनीमा ल्याउनेछौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS