IME Life New

बाढीपहिरोको क्षतिमा पौने १२ अर्ब बढीको बीमा दाबी, हालसम्म कम्पनीहरुबाट ५% मात्र भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकहरुमा बाढीपहिरोबाट भएको क्षतिको हालसम्म पौन १२ अर्ब रुपैयाँको दाबी परेको छ। असोज दोस्रो साताको अविरल वर्षपछि देशका विभिन्न स्थानमा सिर्जित बाढीपहिरोले ठूलो धनजनको क्षति भएको थियो।

नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिक २८ गतेसम्म प्राप्त तथ्यांकका आधारमा निर्जीवन बीमा र निर्जीवन लघु बीमा गरी १८ वटा कम्पनीमा ३ हजार ४१८ वटा दाबी परेको छ। ती दाबीको कम्पनीहरुले ११ अर्ब ८२ करोड ६ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको हो। हालसम्म बीमकहरुले ९०२ वटा दाबीको ६१ करोड ७ लाख ९३ हजार रुपैयाँ भुक्तानी गरेका छन्। कम्पनीहरुले कुल दाबी गरेको ५.१७ प्रतिशतभन्दा भुक्तानी गरेको तथ्यांकबाट देखिन्छ।

Esewa
Crest

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। यो कम्पनीमा ५०१ वटा दाबी परेको छ। जसमा कम्पनीले २ अर्ब ६० करोड २४ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म कम्पनीले १०५ वटा दाबीको ९ करोड ३७ लाख ३९ हजार रुपैयाँ भुक्तानी गरेको छ।

सबैभन्दा बढी दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ। शिखरमा ४५३ वटा दाबी परेको छ। ती दाबीको १ अर्ब ५ करोड ६४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ। कम्पनीले हालसम्म ३६५ वटा दाबीको २६ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको छ।

यसैगरी ओरिएन्टल इन्स्योरेन्सले १७६ वटा दाबीको १ अर्ब ५१ करोड २७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीले ६८ वटा दाबीको ३५ लाख ८१ हजार रुपैयाँ भुक्तानी गरेको छ।

सगरमाथा लुम्बिनीले ३७७ वटा दाबीको १ अर्ब ३६ करोड १ लाख रुपैयाँ, हिमालयन एभरेष्टले २४३ वटा दाबीको १ अर्ब ५ करोड ६४ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २१९ वटा दाबीको ७६ करोड ३९ लाख रुपैयाँ, युनाइटेड अजोडले ३२३ वटा दाबीको ७२ करोड ३९ लाख रुपैयाँ र सानिमा जीआईसीले २१७ वटा दाबीको ५३ करोड ३९ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म सगरमाथा लुम्बिनीले ५७ वटा दाबीको ५ करोड ८२ लाख रुपैयाँ, हिमालयन एभरेष्टले ५० वटा दाबीको ४ करोड ६१ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १०१ वटा दाबीको ६ करोड ९० लाख रुपैयाँ, युनाइटेड अजोडले ३१ वटा दाबीको ३४ लाख २३ हजार रुपैयाँ र सानिमा जीआईसीले १३ वटा दाबीको २ करोड ५८ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

कात्तिक २८ गतेसम्म आईजीआई प्रुडेन्सियलले २९६ दाबीको ५० करोड ५५ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ८६ वटा दाबीको ५० करोड ७ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १७२ वटा दाबीको ४७ करोड २ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १७६ वटा दाबीको ३६ करोड १ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १३७ वटा दाबीको २० करोड ७९ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले १७ वटा दाबीको २० करोड ६७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म आईजीआई प्रुडेन्सियलले ५८ दाबीको ३ करोड ९ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ३ वटा दाबीको २२ लाख ५३ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १० वटा दाबीको ५९ लाख ६६ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले १९ वटा दाबीको १ करोड ८ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १५ वटा दाबीको ५३ लाख ३७ हजार रुपैयाँ भुक्तानी गरेका छन्। राष्ट्रिय बीमा कम्पनीले भने हालसम्म एउटा दाबीको पनि भुक्तानी गरेको छैन।

त्यस्तै निर्जीवन लघु बीमकतर्फ स्टार माइक्रोले १० वटा दाबीको ३६ लाख ६५ हजार रुपैयाँ, ट्रस्ट माइक्राले ४ वटा दाबीको १५ लाख २० हजार रुपैयाँ, नेपाल माइक्राले ४ वटा दाबीको ४ लाख रुपैयाँ र प्रोटेक्टिभ माइक्राले ७ वटा दाबीको २ लाख ६० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म स्टार माइक्राले एउटा दाबीको २६ हजार ७९० रुपैयाँ, नेपाल माइक्राले २ वटा दाबीको २५ हजार ६८९ रुपैयाँ र प्रोटेक्टिभ माइक्राले ४ वटा दाबीको ५६ हजार १०० रुपैयाँ भुक्तानी गरिसकेका छन्। ट्रस्ट माइक्राले भने एउटा पनि दाबीको भुक्तानी गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS