IME Life New

वाणिज्य बैंकहरुबाट घरजग्गामा गयो सवा २ खर्ब कर्जा, कुनबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्म वाणिज्य बैंकहरुले घरजग्गामा सवा २ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्म २ खर्ब २५ अर्ब ८९ करोड ८० लाख रुपैयाँ घरजग्गामा कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुले २ खर्ब ८ अर्ब २९ करोड ५० लाख रुपैयाँ घरजग्गामा कर्जा प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा घरजग्गामा गएको कर्जा ८.४५ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म १६ वटा बैंकबाट घरजग्गामा गएको कर्जा बढेको छ भने ४ वटाको घटेको छ। घरजग्गामा सर्वाधिक कर्जा प्रवाह गर्ने वाणिज्य बैंकमा एनआईसी एसिया शीर्ष स्थानमा रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म २७ अर्ब ६८ करोड ७० लाख रुपैयाँ घरजग्गामा कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यो शीर्षकमा एनआईसी एसियाले ३० अर्ब १ करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म ७.७७ प्रतिशत कर्जा घटेको छ।

दोस्रोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकले अघिल्लो वर्ष २४ अर्ब ५ करोड ८७ लाख रुपैयाँ घरजग्गामा कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिमा २.१९ प्रतिशतले बढेर २४ अर्ब ५८ करोड ६४ लाख रुपैयाँ पुगेको छ।

तेस्रो धेरै घरजग्गा कर्जा दिने बैंकमा नबिल रहेको छ। समीक्षा अवधिसम्म नबिलबाट घरजग्गामा २३ अर्ब ६० करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकबाट २१ अर्ब ९४ करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यो शीर्षकमा कर्जा प्रवाह ७.५७ प्रतिशतले बढेको छ।

यसैगरी घरजग्गामा प्राइम कमर्सियल बैंकले १९ अर्ब ६१ करोड ८३ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले १६ अर्ब ५० करोड ९१ लाख रुपैयाँ, प्रभु बैंकले १५ अर्ब ८० करोड ९२ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १४ अर्ब ६५ करोड ७२ लाख रुपैयाँ, नेपाल बैंकले १३ अर्ब ६१ करोड ४३ लाख रुपैयाँ र हिमालयन बैंकले १३ अर्ब ५ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म प्राइम कमर्सियल बैंकले १६ अर्ब ७ करोड ८२ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले १५ अर्ब ५ करोड ४७ लाख रुपैयाँ, प्रभु बैंकले १० अर्ब २३ करोड ६१ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १० अर्ब १५ करोड ४९ लाख रुपैयाँ, नेपाल बैंकले १२ अर्ब ५५ लाख रुपैयाँ र हिमालयन बैंकले १४ अर्ब ५८ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

यसैगरी घरजग्गामा राष्ट्रिय वाणिज्य बैंकले ९ अर्ब ७१ करोड ८९ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८ अर्ब ५७ करोड ५१ लाख रुपैयाँ, एभरेस्ट बैंकले ६ अर्ब ६१ करोड ८८ लाख रुपैयाँ, सानिमा बैंकले ५ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ, एनएमबि बैंकले ५ अर्ब ७ करोड ८२ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ४ अर्ब ८२ करोड ८० लाख रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब ६० करोड ७० लाख रुपैयाँ, सिटिजन्स बैंकले ४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ, कुमारी बैंकले ३ अर्ब ९१ करोड ८९ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ८५ करोड २८ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले १ अर्ब ६३ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS