IME Life New

नेशनल लघुवित्तको साधारणसभा मंसिर २४ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औँ वार्षिक साधारणसभा मंसिर २४ गते गर्ने भएको छ । सभा काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान ११ बजे सभा बस्ने जनाएको छ ।
लघुवित्तको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तसम्मको वा
२०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु अनुसूचीहरु समेत छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

यस वित्तीय संस्पाको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिथमिक निर्धारण गर्ने (यस अघि नियुक्त लेखापरीक्षक थी कुरेर एन भट्टराई एण्ड कम्पनी चार्टर्ड एकाउन्टेण्टस् पुनः नियुक्तिको लागि योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

सभाले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र ० दशलमव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले संस्थाको संस्थापक र सर्वसाधारणको शेयर पुँजी अनुपात कमरा ७० प्रतिशत ३० प्रतिशत कायम गर्ने प्रयोजनार्थ यस अघि दशौं वार्षिक साधारण सभाबाट भएको निर्णयानुसार सर्वसाधारण तर्फको थप सार्वजनिक निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि प्रकृया अगाडि बढाइएकोमा हाल सो स्वीकृत भइ नसकेको परिप्रेक्ष्यमा यस संस्थाले आर्थिक वर्ष २०८०/८१ को बोनस शेयर वितरण पश्चात् कायम हुने शेयर पुँजीमा सालिक निर्णय अमोजिम ७०ः३० को अनुपातमा संस्थापक तथा सर्वसाधारणको शेयर पुँजी अनुपात मिलान गर्न आवश्यक भएकोले एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले उक्त कार्यको लागि नियमनकारी निकायको निर्देशन बमोजिम संस्थाको प्रवन्धपत्र नियमावली संशोधन लगायत अन्य सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, प्रबन्धपत्रको दफा २(१) दफा ६ (ख) र दफा ६ (ग) तथा नियमावलीको नियम २ र नियम ३२ (१) (ख) मा आवश्यक संशोधन गर्ने साथै प्रवन्धपत्र तथा नियमावलीको दफा तथा नियमहरुमा आवश्यक अपघट, परिमार्जन एवम् संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १८ देखि २४ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। त्यसकारण मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS