IME Life New

असोजसम्म वाणिज्य बैंकहरुबाट सवा ८४ अर्ब शेयर कर्जा प्रवाह, कुनबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्म वाणिज्य बैंकहरुले करिब सवा ८४ अर्ब रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन्।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकमध्ये १९ वटाले ८४ अर्ब २१ करोड ४ लाख रुपैयाँ शेयर कर्जा प्रवाह गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म ती १९ वटा वाणिज्य बैंकले ६३ अर्ब ३३ करोड २३ लाख रुपैयाँ शेयर कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको तुलनामा शेयर कर्जा ३२.९७ प्रतिशतले बढेको छ।

Esewa
Crest

केन्द्रीय बैंकअनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकले शेयर कर्जा प्रवाह गरेको छ। बाँकी १९ वटामध्ये १६ वटाबाट प्रवाह भएको शेयर कर्जा बढेको छ भने ३ वटाको घटेको छ।

समीक्षा अवधिसम्म सबैभन्दा बढी शेयर कर्जा प्रवाह गर्नेमा नबिल बैंक रहेको छ। यो बैंकले चालु आर्थिक वर्षको असोजसम्म १० अर्ब ९६ करोड ४४ लाख रुपैयाँ शेयर कर्जा गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १० अर्ब ८० करोड ७१ लाख रुपैयाँ शेयर कर्जा दिएको थियो। अघिल्लो वर्ष यही अवधिमा बैंकको शेयर कर्जा प्रवाह १.४६ प्रतिशतले बढेको छ।

दोस्रो धेरै शेयर कर्जा प्रवाह गर्ने बैंकमा ग्लोबल आइएमई रहेको छ। समीक्षा अवधिसम्म यो बैंकले १० अर्ब ७३ करोड ९८ लाख रुपैयाँ शेयर कर्जा गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६ अर्ब २३ करोड ५१ लाख रुपैयाँ शेयर कर्जा दिएको थियो। अघिल्लो वर्ष यही अवधिमा बैंकको शेयर कर्जा प्रवाह ७२.२५ प्रतिशतले बढेको छ।

यसैगरी तेस्रोमा सिद्धार्थ बैंक रहेको छ। समीक्षा अवधिसम्म सिद्धार्थ बैंकले ७ अर्ब ७३ करोड ९ लाख रुपैयाँ शेयर कर्जा गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब ५२ लाख रुपैयाँ शेयर कर्जा दिएको थियो। अघिल्लो वर्ष यही अवधिमा बैंकको शेयर कर्जा प्रवाह ९३.२४ प्रतिशतले बढेको छ।

चौथोमा कुमारी बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म ७ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ शेयर कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ७६ करोड ७२ लाख रुपैयाँ शेयर कर्जा दिएको थियो। बैंकबाट गएको शेयर कर्जा १०५.३८ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म नेपाल बैंकले ७ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ, सिटिजन्स बैंकले ५ अर्ब ५७ करोड ३२ लाख रुपैयाँ, प्राइम बैंकले ५ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब १४ करोड २० लाख रुपैयाँ र लक्ष्मी सनराइज बैंकले ४ अर्ब १० करोड ४३ लाख रुपैयाँ शेयर कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको तुलनामा शेयर कर्जा प्रवाह नेपाल बैंकको ६९.१९ प्रतिशत, सिटिजन्स बैंकको ४६.३२ प्रतिशत, प्राइम बैंकको ३६.६६ प्रतिशत र लक्ष्मी सनराइज बैंकको २३.११ प्रतिशतले बढेको छ भने राष्ट्रिय वाणिज्य बैंकको ३.४६ प्रतिशतले घटेको छ।

यस्तै प्रभु बैंकबाट गएको शेयर कर्जा १.७२ प्रतिशतले बढेर ३ अर्ब ६४ करोड ४४ लाख रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट बैंकको २०.०९ प्रतिशतले बढेर ३ अर्ब ८ करोड ५८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म एनआईसी एसिया बैंकबाट गएको शेयर कर्जा ३५.७२ प्रतिशतले घटेर २ अर्ब ९४ करोड ९० लाख रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा एभरेष्ट बैंकबाट २ अर्ब १२ करोड ५८ करोड रुपैयाँ र सानिमा बैंकबाट १ अर्ब ९१ करोड १२ लाख रुपैयाँ शेयर कर्जा प्रवाह भएको छ। अघिल्लो वर्षको तुलनामा क्रमशः ६१.२१ प्रतिशत र ५६.५२ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म हिमालयन बैंकबाट प्रवाह भएको शेयर कर्जा २९ प्रतिशतले घटेर १ अर्ब ७८ करोड ३४ लाख रुपैयाँमा झरेको छ।

यसैगरी समीक्षा अवधिसम्म कृषि विकास बैंकबाट १ अर्ब ६७ करोड ९६ लाख रुपैयाँ, एनएमबि बैंकबाट १ अर्ब ६२ करोड ३८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकबाट ९० करोड रुपैयाँ र नेपाल एसबीआई बैंकबाट ४५ करोड ३६ लाख रुपैयाँ शेयर लोन गएको छ। अघिल्लो वर्षको तुलनमा समीक्षा अवधिमा कृषि विकास बैंकको ४२.४३ प्रतिशत, एनएमबि बैंकको ४८.९१ प्रतिशत, माछापुच्छ्रे बैंकको ७७.२४ प्रतिशत र नेपाल एसबीआई बैंकको १७९५.०७ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS