काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचक गिरावट देखिएको छ ।
यस कम्पनी पहिलो त्रैमासमा १ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। गत वर्षको तुलनामा कम्पनीको नाफा ९२ प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको शेयर पुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा २९ करोड ५८ लाख रहेको छ । अन्य इक्विटीमा १२ करोड ८५ लाख रहेको छ । महाविपत्ती कोषमा ९ करोड ७० लाख रहेको छ ।
समीक्षा अवधिमा कम्पनीले २७ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड २० लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन घटेको हो ।
समीक्षा वर्षमा कम्पनीले १३ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन सामान्य घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १३ करोड ८९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २० करोड ५२ लाख रुपैयाँ खर्चिएको थियो ।
समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा १७ लाख २३ हजार रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ४० लाख ८९ हजार खर्चिएको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको हो ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ५३ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ९८ पैसा रहेको छ। कम्पनीको सोल्भेन्सी रेसियो २ दशलमव ०८ प्रतिशत रहेको छ ।