IME Life
GBIME

सानिमा जिआईसी इन्स्योरेन्सको नाफा ५०%ले बढ्यो, खुद बीमाशुल्क आर्जन १० करोड ८३ लाख

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

कम्पनीले पहिलो त्रैमाससम्ममा ५ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा ५० प्रतिशतले बढेको छ ।

Crest

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको शेयर पुँजी २ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको स्पेसल रिजर्भमा ६१ करोड ९२ लाख ९६ हजार रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा २१ करोड ६४ लाख रहेको छ । अन्य इक्विटीमा १५ करोड ४९ लाख रहेको छ । महाविपत्ती कोषमा ४ करोड ६ लाख रहेको छ ।

समीक्षा अवधिमा कम्पनीले ३९ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ४ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ६ प्रतिशतले बढेको हो ।

समीक्षा वर्षमा कम्पनीले १० करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ० दशलमव ९१ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १० करोड ७३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २८ करोड ५८ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २६ करोड ३० लाख रुपैयाँ खर्चिएको थियो ।

समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ६० लाख ६२ हजार रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ५७ लाख ८२ खर्चिएको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १० रुपैयाँ १७ पैसा छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ५७ पैसा रहेको छ। पीई रेसियो ६५.०२ गुणा रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो २ दशलमव १७ प्रतिशत रहेको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS