IME Life New

नेपाल टेलिकमको नाफा करिब पौने २ अर्ब, सामान्य बढ्यो आम्दानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी)ले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को वित्तीय विवरण सार्वजनिक गरेको छ।

प्रथम त्रैमासमा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा १४.२० प्रतिशतले घटेको छ।

Esewa
Crest

समीक्षा अवधिमा कम्पनीले सेवा प्रवाह गरेबापत ८ अर्ब ६८ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ८ अर्ब ५८ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीको आम्दानी १.११ प्रतिशतले बढेको छ।

कम्पनीको वित्तीय आम्दानी १ अर्ब १७ करोड ७१ लाख रुपैयाँ र अन्य आम्दानी २० करोड ६३ लाख रुपैयाँ रहेको छ।

चुक्तापुँजी १८ अर्ब रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ७८ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा ७६ अर्ब ५७ करोड ७० लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा रिजर्भ २.२७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३८.६६ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस ४५.०५ रुपैयाँ थियो। पीई रेसियो २५.८३ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ५३५.०९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS