IME Life New

वर्ष २०२५ मा लाग्नेछ झट्का ! स्मार्टफोन किन्न खर्च गर्नुपर्नेछ धेरै पैसा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्ष २०२४ को अन्तिम महिना डिसेम्बर आउन लागेको छ। त्यसपछि अंग्रेजी नयाँ वर्षको सुरुआत हुनेछ। वर्ष २०२४ मा एआई फिचर भएका मोबाइल फोनहरुको चर्चा भयो। तर, यो प्रविधि केही फोनमा मात्रै सीमित रह्यो। वर्ष २०२५ मा हामीले नयाँ प्रविधिहरु देख्न पाउने छौँ।

आउँदो वर्ष स्मार्टफोन किन्न ग्राहकले धेरै पैसा खर्च गर्नुपर्ने हुन सक्छ। स्मार्टफोनको मूल्य बढ्नुमा धेरै कारण छन्। एड्भान्स कम्पोनेन्टको मूल्यमा बढोत्तरी, फाइभजी टेक्नोलोजीतर्फ बजार विस्तार हुनु र एआई फिचरका कारण स्मार्टफोनको मूल्य बढ्न सक्ने जानकारहरु बताउँछन्।

Esewa
Crest

काउन्टरप्वइन्ट रिसर्चको प्रतिवेदनअनुसार स्मार्टफोन ग्लोबल एभरेज सेलिङ प्राइस वर्ष २०२४ मा ३ प्रतिशतले र वर्ष २०२५ मा ५ प्रतिशतले बढ्न सक्छ। यसको मुख्य कारण प्रिमियम स्मार्टफोनको माग बढ्नु रहेको छ। जुन पावरफुल प्रोसेसर, दमदार क्यामेरा र एआई फिचरका साथ आउँछन्।

जनरेटिभ एआई स्मार्टफोनमा इन्टिग्रेसन तीव्रगतिमा भइरहेको छ। यो फिचर जडान भएपछि स्मार्टफोन प्रिमियम भइरहेका छन्। किनकि ग्राहकले जनरेटिभ एआईजस्ता फिचर मन पराइरहेका छन्। यसका लागि स्मार्टफोन बनाउने कम्पनीहरुले त्यस्ता प्रोसेसर बनाउन लगानी गरिरहेका छन्, जुन राम्रो सीपीए, एनपीयू र जीपीयू क्यापेबिलिटीका साथ आउँछ।

यिनै कारणले स्मार्टफोनको मूल्य बढिरहेका छन्। जसरी हामी अहिले एआई स्मार्टफोनको युगमा प्रवेश गरिरहेका छौँ, त्यसरी नै जनरेटिभ एआई फिचरको ट्रेन्ड पनि बढिरहेको छ। यसका लागि पावरफुल प्रोसेसरको आवश्यक हुन्छ। जसको मूल्य सामान्य स्मार्टफोनको मूल्यभन्दा बढी हुन्छ।

हार्डवेयरमा मात्र नभई एआई फिचरका कारण कम्पनीहरु सफ्टवेयरमा पनि धेरै काम काम गरिरहेका छन्। सफ्टवेयर धेरै कम्प्लेक्स हुनु र एआई एल्गोरिद्मसँग जोडिनुका कारण पनि स्मार्टफोनको मूल्य बढ्ने काउन्टरप्वइन्टको प्रतिवेदनमा उल्लेख छ। यद्यपि, मूल्य बढे पनि ग्राहकले उच्च गुणस्तरको प्रडक्ट पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS