IME Life New

राष्ट्रिय बीमा कम्पनीको अधिकांश सूचकमा बृद्धि, खुद बीमाशुल्क १२३% ले बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

कम्पनीले पहिलो त्रैमाससम्ममा १५ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा १३ दशमलव ७३ प्रतिशतले बढी हो ।

Crest

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको शेयर पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ । कम्पनीको स्पेसल रिजर्भमा ३ अर्ब १ करोड ८० लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा २ अर्ब ३३ करोड ५ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १० अर्ब ९४ करोड रहेको छ ।

अघिल्लो वर्ष असार मसान्तसम्ममा स्पेसल रिजर्भमा २ अर्ब ९३ करोड रुपैयाँ थियो । रिटेन्ड अर्निङमा २ अर्ब २६ करोड रुपैयाँ थियो । अन्य इक्विटीमा भने ९ अर्ब ९९ करोड ७ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीले ६३ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ६४ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १८ दशमलव ३०प्रतिशतले बढी हो ।

समीक्षा वर्षमा कम्पनीले १८ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन १२३ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ३८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४४ करोड ६९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४५ करोड २६ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ५८ रुपैयाँ ७२ पैसा छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२२३ रुपैयाँ ५२ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS