IME Life New

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु. १३ अर्ब, कर्जा पनि घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीबाट एकैदिन १३ अर्ब रुपैयाँ बाहिरिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक २५ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको १३ अर्ब रुपैयाँ निक्षेप घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६६ खर्ब २२ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६६ खर्ब ३५ अर्ब रुपैयाँ थियो।

Esewa
Crest

कात्तिक २५ गते बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले घटेको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५२ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा कात्तिक २५ गते घटेर ५२ खर्ब ७४ अर्ब रुपैयाँमा झरेको छ।

असोज २५ मा बैंकहरुको औसत सीडी रेसियो ७८.३१ प्रतिशत रहेको छ। अघिल्लो दिन ७८.२० प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS