IME Life New

विभिन्न कार्यक्रम गरी कामना सेवा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न कार्यक्रम गरी आफ्नो स्थापनाको १८ औं वार्षिकोत्सव मनाएको छ । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा देशभर सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरि आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको छ ।

कार्तिक २७ गते मंगलवार देशव्यापी रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय सहित सम्पुर्ण क्षेत्रिय कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न स्थानहरुमा सम्पन्न भएको रक्तदान कार्यक्रमवाट कुल ३९३ पिन्ट रगत संकलन भएको छ ।

Esewa
Crest

बैंकका संचालक भिम प्रसाद तुलाचनवाट बैंकको वुटवल क्षेत्रमा भएको रक्तदान कार्यक्रमको समुद्घाटन भएको थियो भने केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल, रक्तसंचार केन्द्रकी निशा भण्डारीलाई व्लड व्याग हस्तान्तरण गरि समुद्घाटन गरेका थिए ।

बैंकले सर्वाधिक रक्तदान गर्ने कर्मचारीहरुमा प्रमुख व्यवसाय अधिकृत दिपेन्द्र सुवेदी, कानुन विभाग प्रमुख डण्डपानी भट्राई, जोखिम सम्पत्ती विभाग प्रमुख नितेश अर्याल, शाखा प्रमुखहरु राजेश कुईकेल र यज्ञमुर्ति लुईटेल, सवारी चालक याम वहादुर श्रेष्ठलाई केएसविविएल आईकनको रुपमा समेत सम्मान गरेको छ ।

रक्तदान कार्यक्रम कोशी प्रदेशको ईटहरी शाखा, मधेस प्रदेशको वर्दिवास शाखा, नारायणगढ क्षेत्रको खुरखुरे शाखा, पोखरा क्षेत्रको न्युरोड पोखरा शाखा, वुटवल क्षेत्रको वुटवल शाखा र पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा भएको रक्तदान कार्यक्रममा क्षेत्रिय प्रमुख, स्थानिय समाजसेवी, रक्तदाता तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी रुपमा देशभरका विभिन्न मठमन्दिरहरुको सरसफाई, डस्टविन हस्तान्तरण कार्यक्रम, अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटलस कप, वित्तीय साक्षरता मुलक पदयात्रा कार्यक्रमहरु आयोजना गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS