IME Life New

नेपाल बैंकर्स संघ बन्यो एसएमई फाइनान्स फोरमको नयाँ सदस्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए), विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको छ । जी–२० र आईएफसी/विश्व बैंकको समर्थन प्राप्त एसएमई फाइनान्स फोरम १९० देशहरूमा ३०० भन्दा बढी सदस्य/सहयोगी संस्थाहरूको प्रमुख विश्वव्यापी नेटवर्क हो । यो नेटवर्कमा बैंकहरू, गैर–बैंक वित्तीय संस्थाहरू, फिन्टेक, भुक्तानी प्लेटफर्महरू, विकास संस्थाहरू, क्रेडिट ग्यारेन्टी कम्पनीहरू, बीमा प्रदायकहरू, लगानी कोषहरू, बैंकिङ्ग र एसएमई एसोसिएसनहरू, शैक्षिक संस्थाहरू सामेल छन्, जसले एसएमई केन्द्रित वित्तीय सेवा र सुविधा प्रदान गर्छन् ।

सो अवसरमा एसएमई फाइनान्स फोरमका प्रमुख कमर सलीमले नेपाल बैंकर्स संघलार्ई एसएमई फाइनान्स फोरममा स्वागत गर्न पाउँदा खुसी लागेको बताउ“दै नेपालको उदयमान बजारलाई थप एसएमई वित्तीय पहुँच प्रबद्र्धन गर्न यसले मद्दत पुर्याउने बताए ।

Esewa
Crest

नेपाल बैंकर्स संघका अध्यक्ष सुनील के.सी.ले विशेष गरी नेपालमा नियामक निकाय र बैंकहरू दुवै साना र मझौला उद्यमी (एसएमई) का लागि वित्तीय पहुँचमा सुधार ल्याउनमा सक्रिय रूपमा केन्द्रित भएको परिवेशमा प्रतिष्ठित एसएमई फाइनान्स फोरममा सामेल हुँदा नेपालको बैंकिङ्ग क्षेत्रलाई विशेष रूपमा लाभ पुग्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS