IME Life New

नाफासँगै युनिक नेपाल लघुवित्तको प्रतिशेयर आम्दानी पनि घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लघुवित्तले ७९ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ७४.८७ प्रतिशतले कमी हो ।

यस अवधिमा लघुवित्तले ६ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ८ क।ोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा संस्थाको खुद ब्याज आम्दानी २६.१७ प्रतिशतले घटेको हो ।

Esewa
Crest

१४ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३६ करोड ७ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तले समीक्षा अवधिसम्ममा २ अर्ब ५२ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ३ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ६३ रुपैयाँ ९९ पैसा घटेर २१ रुपैयाँ ४८ पैसामा सीमित भएको छ। यस अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ ३३९ रुपैयाँ ६८ पैसा र मूल्य आम्दानी अनुपात ११७.१० गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS