IME Life New

एभरेष्ट बैंक र एनसीएचएलबीच ‘एलिपे प्लस’ मार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच ‘एलिपे प्लस’ को नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपाल(पे मर्चेन्टहरूका क्यूआर कोडमा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भएको छ। सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

यो सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्टरओपरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा एलिपे प्लसको नेटवर्कमार्फत भुक्तानी गर्न सकिनेछ । चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायत देशबाट नेपाल आएका पर्यटकले आफ्नो डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्टरओपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन्।

Esewa
Crest

एलिपे प्लसको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढी इसुइङ उपकरण, ३०० भन्दा बढी अक्वाइरिङ नेटवर्क ९ करोड भन्दा बढी ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन्। एनसीएचएलले एलिपे प्लससँग अन्तर्राष्ट्रिय भुक्तानी साझेदारका रूपमा आबद्ध भई दुई नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ति आवश्यक व्यवस्था मिलाइसकेको जनाएको छ । यो पहलअनुरुप अब एभरेष्ट बैंकसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका लागि सम्झौता भएको हो।

एभरेष्ट बैंकले आफ्ना ३९,१६७ डिलिभरी च्यानलहरु, नेपालमा रहेका १०,०९८ शाखाहरु, नेपालबाहिर रहेका २ वटा शाखा, १३,३५० एटिएमहरु तथा १५,७१९ बिजिनेस करेस्पोन्डेन्टहरु मार्फत आफ्ना १४ लाखग्राहकहरुलाई सेवाप्रदानगर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS