IME Life New

बाढीपहिरोको क्षतिः सर्वाधिक बीमा दाबी बागमतीमा, अन्य प्रदेशमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत असोजको दोस्रो साताको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा भएको क्षतिको सर्वाधिक बीमा दाबी बागमती प्रदेशमा परेको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको कात्तिक २० गतेसम्मको परेको बीमा दाबीबाट यस्तो देखिएको हो। हालसम्म सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा बागमती प्रदेशबाट कुल ३ हजार ५२ वटा दाबी परेका छन्। ती दाबीको ९ अर्ब ७१ करोड ७५ लाख ७२ हजार रुपैयाँ बीमा कम्पनीहरुले भुक्तानी गर्नुपर्ने देखिएको छ। यो दाबी रकम कुल परेको दाबी रकमको ९२.२६ प्रतिशत हो। हालसम्म कम्पनीहरुले बागमती प्रदेशमा ५९३ वटा दाबीको ४५ करोड ८४ लाख ७१ हजार रुपैयाँ भुक्तानी गरेका छन्।

Esewa
Crest

बागमती प्रदेशअन्तर्गत काठमाडौंमा सर्वाधिक १ हजार ८५४ वटा दाबीको कम्पनीहरुले ४ अर्ब ४८ करोड ६५ लाख ७५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। त्यसमध्ये २७५ वटा दाबीको १८ करोड २६ लाख १६ हजार रुपैयाँ कम्पनीहरुले भुक्तानी गरिसकेका छन्।

यसैगरी ललितपुरमा ६७७ वटा दाबीको २ अर्ब ४२ करोड ४३ लाख ७ हजार रुपैयाँ कम्पनीहरुले भुक्तानी गर्नुपर्ने देखिएको छ। जसमा २२५ वटा दाबीको कम्पनीहरुले १९ करोड १४ लाख ५६ हजार रुपैयाँ भुक्तानी गरिसकेका छन्।

उता कोशी प्रदेशमा २३३ वटा दाबीको कम्पनीहरुले ४७ करोड ६० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। तीमध्ये २२ वटा दाबीको ५२ लाख ५८ हजार रुपैयाँ कम्पनीहरुले भुक्तानी गरिसकेका छन्।

मधेश प्रदेशमा ९८ वटाको कम्पनीहरुले १७ करोड ६१ लाख ४ हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेमा हालसम्म १५ वटा दाबीको २२ लाख ५४ हजार रुपैयाँ कम्पनीहरुले गरेका छन्।

कम्पनीहरुले गण्डकीमा २८ वटा दाबी (५ करोड ७२ लाख ५७ हजार रुपैयाँ), लुम्बिनी प्रदेशमा ४४ वटा दाबी (१० करोड ५१ लाख ६८ हजार रुपैयाँ), कर्णालीमा ३ वटा दाबी (४ लाख रुपैयाँ) र सुदूरपश्चिममा २ वटा दाबी (२ लाख ९ हजार रुपैयाँ) भुक्तानी गर्नुपर्ने देखिएको छ।

हालसम्म कम्पनीहरुले लुम्बिनीमा ६ वटा दाबीको ५१ लाख ६५ हजार रुपैयाँ र सुदूरपश्चिममा एउटा दाबीको ९ हजार १०० रुपैयाँ भुक्तानी गरेका छन्। गण्डकी र कर्णालीमा भने कम्पनीहरुले एउटा पनि दाबीको भुक्तानी गरेका छैनन्।

हालसम्म देशभर ३ हजार ४६० दाबीको कम्पनीहरुले १० अर्ब ५३ करोड २७ लाख ८८ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। जसमध्ये कम्पनीहरुले ६३७ वटा दाबीको ४७ करोड ११ लाख ५८ हजार रुपैयाँ भुक्तानी गरिसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS