IME Life New

बाढीपहिरोको क्षतिः सम्पत्ति बीमाको सबैभन्दा बढी दाबी भुक्तानी, अन्य क्षेत्रमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत असोजको दोस्रो साताको वर्षाले देशभर सिर्जना भएको बाढीपहिरोको वितन्डाले ठूलो जनधनको क्षति भएको छ।बाढीपहिरोका कारण भएको क्षतिको बीमा दाबी पनि बीमा कम्पनीहरुमा साढे १० अर्ब रुपैयाँ बढीको परेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिक २० गतेसम्म १४ निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमा ३ हजार ४६० वटा दाबी परेका छन्। ती दाबीको कम्पनीहरुले १० अर्ब ५३ करोड २७ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म बीमकहरुले ६३७ वटा दाबीको ४७ करोड ११ लाख ५८ हजार रुपैयाँ भुक्तानी गरेका छन्।

Esewa
Crest

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बीमामा परेको छ। सम्पत्ति बीमामा १ हजार ६७८ वटा दाबीको ७ अर्ब ९१ करोड ८९ लाख रुपैयाँ कम्पनीहरुले भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म सम्पत्ति बीमातर्फ कम्पनीहरुले ३०४ वटा दाबीको ३८ करोड ९५ लाख ५६ हजार रुपैयाँ भुक्तानी गरिसकेका छन्।

यसैगरी दोस्रो धेरै दाबी मोटर बीमामा परेको छ। मोटर बीमा (निजी)तर्फ ९१३ वटा र मोटर बीमा (सार्वजनिक)तर्फ ३५६ वटा दाबी परेको छ। कम्पनीहरुले ती दाबीको क्रमशः ३३ करोड २५ लाख रुपैयाँ र १६ करोड ८४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म मोटर बीमा (निजी)तर्फ २०७ वटा दाबीको ३ करोड २३ लाख ४८ हजार रुपैयाँ र मोटर बीमा (सार्वजनिक)तर्फ ७७ वटा दाबीको ३ करोड ४८ लाख ९४ हजार रुपैयाँ कम्पनीहरुले भुक्तानी गरिसकेका छन्।

यसैगरी तेस्रो धेरै दाबी इन्जिनिरिङ तथा ठेकेदार जोखिम बीमामा परेको छ। यो क्षेत्रमा २९१ वटा दाबी परेको छ भने ती दाबीको कम्पनीहरुले २ अर्ब ६ करोड ८३ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म यो क्षेत्रका १८ वटा दाबीको १ करोड ११ लाख ८२ हजार रुपैयाँ कम्पनीहरुले भुक्तानी गरेका छन्।

सामुद्रिक बीमातर्फ कम्पनीहरुमा २४ वटा दाबी (१ करोड ५९ लाख ३१ हजार रुपैयाँ), कृषि बाली बीमातर्फ १२३ वटा दाबी (१ करोड ६ लाख १८ हजार रुपैयाँ), पशुपन्छी बीमातर्फ ५७ दाबी (१ करोड २२ लाख ३२ हजार रुपैयाँ) र विविधतर्फ १८ वटा दाबी (५७ लाख ५२ हजार रुपैयाँ) परेका छन्।

हालसम्म कम्पनीहरुले सामुद्रिक बीमातर्फ २ वटा दाबीको ७ लाख २१ हजार रुपैयाँ, कृषि बीमातर्फ १० वटा दाबीको ५ लाख ६१ हजार रुपैयाँ, पशुपन्छी बीमातर्फ १७ वटा दाबीको १६ लाख ७२ हजार रुपैयाँ र विविधतर्फ २ वटाको २ लाख २० हजार रुपैयाँ भुक्तानी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS