IME Life New

‘आइफोन १५’ले बनायो रेकर्ड, बन्यो विश्वकै बेस्ट सेलिङ स्मार्टफोन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एप्पल कम्पनीको आइफोन १५ ले नयाँ रेकर्ड बनाएको छ।

आइफोन १५ विश्वकै बेस्ट सेलिङ स्मार्टफोन बन्न सफल भएको हो। बेस्ट सेलिङ स्मार्टफोनको शीर्ष १० मोबाइल फोनमा सामसङ र शाओमी पनि पर्न सफल भएका छन्।

Esewa
Crest

काउन्टप्वइन्ट रिसर्चले सार्वजनिक गरेको रिपोर्टमा वर्ष २०२४ को तेस्रो त्रैमासमा आइफोन १५ विश्वकै टप सेलिङ स्मार्टफोन बन्न सफल भएको उल्लेख छ। आइफोन पहिलो यस्तो आइफोन हो, जुन यूएसबी–सी पोर्टका साथ आएको छ।

टप सेलिङ स्मार्टफोनमा एप्पल र सामसङका फोनहरुको वर्चश्व रहेको छ। यो सूचीको शीर्ष स्थानमा आइफोन १५ र दोस्रोमा आइफोन १५ प्रो म्याक्स र तेस्रोमा आइफोन १५ प्रो रहेका छन्।

त्यस्तै यो सूचीको चौथो स्थानमा सामसङको ग्यालेक्सी ए१५ फोजी र ग्यालेक्सी ए१५ फाइभजी रहेका छन्। यो सूचीमा शाओमीको स्मार्टफोन पर्न सफल भएको छ। यो कम्पनीको रेडमी १३सी फाइभजी नवौँ स्थानमा पर्न सफल भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS