IME Life New

राष्ट्र बैंकले रु. १ खर्ब माग्दा बैंकहरुले दिए रु. २ खर्बको आवेदन, ब्याजदर ३% तल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बुधबार १ खर्ब रुपैयाँ तानेको छ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तानेको हो। यसका लागि राष्ट्र बैंकले बुधबार ३ बजे अनलाइन बोलकबोल गरेको थियो।

Esewa
Crest

बोलकबोलमा २५ वटा बैंक तथा वित्तीय संस्थाबाट ६६ वटा आवेदन परेको थियो। ती आवेदनमात्रै बैंक तथा वित्तीय संस्थाले २ खर्ब ७ अर्ब १० करोड रुपैयाँ राष्ट्र बैंकलाई दिन आवेदन दिएका थिए। तर, राष्ट्र बैंकले १ खर्ब रुपैयाँमात्रै तानेको छ।

यो २१ दिने निक्षेप संकलन उपकरण थियो। यसको साँवा–ब्याज राष्ट्र बैंकले मंसिर १२ गते बैंक तथा वित्तीय संस्थालाई भुक्तानी गर्नेछ। यो रकमको औसत ब्याजदर २.७२ प्रतिशत कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS