IME Life New

नेपाल पुनर्बीमा कम्पनीले अन्तर्राष्ट्रिय बजारमा थप सेवा विस्तार गर्नेछः सीईओ थापा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)का सीईओ सुरेन्द्र थापाले आउँदा दिनमा अन्तर्राष्ट्रिय बजारमा थप सेवा विस्तार गर्ने कम्पनीको योजना बताएका छन्।

कम्पनीको ११ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा सीईओ थापाले यस्तो जानकारी दिएका हुन्। ‘अन्तर्राष्ट्रियस्तरको पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गर्दै दीर्घकालीन पुनर्बीमा सम्बन्ध सफल भएको छ’, उनले भने, ‘अब अन्तर्राष्ट्रिय बजारमा थप सेवा विस्तार गरिनेछ।

Esewa
Crest

हाल भारत, भुटान, फिलिपिन्स, माल्दिभ्सजस्ता एसिया तथा अफ्रिका करिब १३ देशमा कम्पनीले पुनर्बीमा सेवाबाट कुल बीमाशुल्क ८ प्रतिशत बीमाशुल्क प्राप्त गर्न सफल भएको थापाले बताए। ‘विदेशबाट पुनर्बीमाबाट आर्जित रकम विभिन्न क्षेत्रमा लगानी गरी राष्ट्रिय वित्तीय परिचालन गर्दै आएका छौँ’, उनले भने।

सीईओ थापाले कम्पनीको सफ्टवेयर र भवन निर्माण कार्य अन्तिम चरण पुगेको जानकारी दिए। ‘यी कार्य चालु आर्थिक वर्षबाटै थालिनेछ’, उनले भने।

राष्ट्रिय महत्वको पुनर्बीमाका सम्बन्धमा नियमनकारी निकायको निर्देशन र बीमकको आवश्यकता तथा आमनेपालीको हितका लागि पुनर्बीमा, वैदेशिक रोजगार बीमा, मोटर बीमाको तेस्रो पक्ष, कृषि बीमा क्षेत्रमा पुनर्बीमा सेवा प्रदान गर्दै आएको सीईओ थापाले बताए। ‘कम्पनीले निर्जीवन तथा जीवन दुवै बीमा कम्पनीको पुनर्बीमा गर्ने इजाजत पाएको छ’, उनले भने, ‘स्थापनाकालदेखि विभिन्न पुनर्बीमा सम्झौतालगायत बीमा सेवा प्रदान आएको छ।’

पुनर्बीमा सेवा अन्तर्राष्ट्रिय बजारबाट हुन नसक्दाको विषम परिस्थितिमा नियमनकारी निकायको सक्रिय र नेपाल सरकारको ५१ शेयर र बाँकी ४९ प्रतिशत निर्जीवन बीमकसमेत रहने गरी सार्वजनिक तथा निजी साझेदार मोडलमा सन् २००३ स्थापना भई पुनर्बीमा सेवाको आवश्यकता र विदेशी मुद्राको सन्तुलन कायम गर्न यो कम्पनीको स्थापना भएको थापाले बताए।

कम्पनी यहाँसम्म आइपुग्नमा सहयोग र साथा दिने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण, शेयरधनीलगायत सबै सरोकारवाला थापाले धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS