IME Life New

हकप्रद शेयर निष्काशनको तयारीमा रहेको सानिमा जिआईसीले पायो यस्तो रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चुक्ता पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्काशनको तयारीमा रहेको निर्जीवन बीमक, सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले केयरएनपि त्रिपल बी प्लस रेटिङ पाएको छ। केयर रेटिङ्गस नेपालका अनुसार यस्तो रेटिङ प्राप्त गर्ने शेयर जारीकर्ता संस्थाले पूर्व निर्धारित समयमै वित्तीय दायीत्व पुरा गर्न सक्ने मध्यमस्तरको सुरक्षाको आश्वासन हुन्छ।

रेटिङ्गसले जारी गरेको विज्ञप्ती अनुसार नेपालमा यस्तो रेटिङ प्राप्त कम्पनीको उधारो वा कर्जा जोखिम मध्यम खालको हुन्छ। इन्स्योरेन्सले ५० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ। सबै हकप्रद शेयर बिक्री भएको अवस्थामा इन्स्योरेन्सले लगानीकर्ताबाट थप ५० करोड रूपैयाँ चुक्ता पूँजी जुटाउनेछ। यसले हकप्रद शेयर जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरि सकेको छ ।

Esewa
Crest

अपरिष्कृत वित्तीय विवरण अनुसार इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ मा ३३ करोड १० लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवमा कुल २ अर्ब ५१ करोड २० लाख रूपैयाँ बीमाशुल्क आम्दानी गरेको थियो। केयर रेटिङ्गसका अनुसार सानिमा जिआइसी इन्स्योरेन्सको कुल बीमाशुल्क आम्दानीको ६३.५५ प्रतिशत हिस्सा मोटर बीमाले ओगटेको छ। यसैगरी सम्पत्ती बीमाबाट २१.६२ प्रतिशत हिस्सा प्राप्त गरेको छ।

बजार हिस्साको आधारमा १८ वटा निर्जीवन बीमक(लघु बीमक समेत) मध्ये यो इन्स्योरेन्स आठाैं स्थानमा छ। कुल बीमाशुल्क आम्दानीको आधारमा यसको बजार हिस्सा ६.३१ प्रतिशत रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS