IME Life New

युट्युबबाट कसरी कमाउन सकिन्छ ? गर्नुहोस् यी काम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजको जमानामा युट्युब प्लेटफर्मको मद्दतले थुप्रै मानिस लोकप्रिय बनेका छन्। उनीहरुले राम्रै कमाइ पनि गरिरहेका छन्।

तपाइँहरुले आफ्नो युट्युब च्यानल सुरु गर्ने सोचमा हुनुहुन्छ वा युट्युब च्यानल चलाइरहनुभएको छ भने कमाइको तरिका बताउन गइरहेका छौँ। युट्युब च्यानका लागि यस्तो विषयवस्तु चुन्नुहोस्, जसमा तपाइँलाई रुचि छ र अरुले पनि त्यसलाई जान्न खोजेको होस्। जस्तै गेमिङ, ट्युटोरियल, ब्लग्स, टेक रिभ्यु, ब्युटी वा कुकिङ आदि।

Esewa
Crest

भ्युअर बढाउन लगातार युट्युबमा पोस्ट गर्दै जानुहोस्। यसको मतलब डेली पोस्ट होइन। एउटा समयको अन्तरालपछि पोस्ट गर्ने हो। यसका साथै क्वालिटीमा पनि ध्यान दिनुपर्छ।

युट्युब च्यानलमा विज्ञापन र त्यसबाट कमाइ गर्नका लागि युट्युब पार्टनर प्रोग्राम (यूपीपी)मा पनि समावेश हुनुपर्छ। यूपीपीका लागि युट्युब च्यानलमा कम्तीमा १ हजार सब्सक्राइब र पछिल्लो १२ महिनामा ४ हजार पब्लिक वाच घन्टे वा पछिल्लो ९० दिनमा १ लाख सर्ट भ्युज हुनुपर्छ।

सर्त पूरा भएपछि के गर्ने ?

यूपीपीको सबै सर्त पूरा भएपछि तपाइँ यूपीपीका लागि एप्लाई गर्न सक्नुहुन्छ। त्यसपछि युट्युबले तपाइँको च्यानल रिभ्यु गर्छ।

यूपीपीका लागि अप्रुभल प्राप्त भएपछि युट्युब च्यानलको एडसेन्समा लिंक गर्नुपर्छ। त्यसपछि तपाइँले आम्दानी गर्न थाल्नुहुन्छ।

पैसा कमाउने थुप्रै तरिका
यूपीपीमा समावेश भएपछि युट्युबरहरुले फरक–फरक तरिकाले प्रयोग गरेर पैसा कमाउन सक्छन्। यसमा विज्ञापन आम्दानी, च्यानल सदस्यता, स्पोन्सर्ड कन्टेन्ट, सुपर च्याट र सुपर स्टिकरलगायत छन्।

युट्युब सर्ट फन्ड

युट्युब सर्ट फन्ड त्यस्ता क्रिएटर्सका लागि हो, जसले सर्ट भिडियो तयार गर्छन्। यसमा यूपीपीमा समावेश नभईकन पनि कमाइ गर्न सकिन्छ। यसको प्रक्रिया फरक हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS