Siddhartha Bank
GBIME
IME Life

आजदेखि सरकारी कार्यालयहरु अपराह्न ४ बजेपछि बन्द, बैंकिङ समय कति बजेसम्म ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारी कार्यालयहरु आज कात्तिक १६ गतेबाट अपराह्न ४ बजेसम्म मात्र खुला हुनेछन्।

चिसोयाम सुरु भएसँगै दिन छाटिने र रात लुम्बिने भएका कारण सरकारी कार्यालयहरु आजबाट माघ १५ गतेसम्म अपराह्न ४ बजेपछि बन्द हुनेछन्। सरकारी कार्यालयहरु भने बिहान १० बजेबाट नै खुल्नेछन्।

SKYWELL
Crest

सरकारी कार्यालयहरु वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि ५ बजेसम्म खोल्नुपर्ने प्रावधान रहेको छ।

यसैगरी नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समय र बैंकिङ कारोबार समय पनि निर्धारण गरेको हुन्छ। वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुन्छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुन्छ। प्रत्येक शुक्रबार बिहान १० बजदेखि १ः३० बजेसम्म हुनेछ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाको बैंकिङ समय चाहिँ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समयम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ। प्रत्येक शुक्रबार बिहान १० बजदेखि मध्याह्न १२ः३० बजेसम्म हुनेछ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS