Siddhartha Bank
GBIME
IME Life

अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काभ्रे जिल्लाको पनौतीमा केन्द्रीय कार्यालय रहेको अभियान लघुवित्त वित्तीय संस्थाले बाढी प्रभावितहरुलाई राहत वितरण गरेको छ । गत असोज १० देखि १२ गते सम्म परेको अविरल बर्षापछी रोशी खोलामा आएको बाढीले क्षति पु-याएका वित्तीय संस्थाका पनौती शाखामा आबद्ध बेथानचोक गा.पा.–४, पाटीखर्कका १२ र पनौती न.पा.–२, कुशादेवीका ५ गरी जम्मा १७ परिवारलाई राहत वितरण गरेको छ ।

बुधवार पाटीखर्कमा आयोजित एक कार्यक्रमका बिच वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले क्षतिका आधारमा २ देखि ५ हजारसम्म राहत वितरण गरेका हुन् । कार्यक्रममा उपस्थित बेथानचोक–४, पाटीखर्ककी महिला स्वयंसेविका रुक्मिणी कार्की महतले संस्थाले यसरी आफ्नो गाउँघरमा आएर आर्थिक सहयोग उपलब्ध गराएकोमा संस्थालाई धन्यवाद ज्ञापन गरे । कार्यक्रमको संचालन तथा समन्वय वित्तीय संस्थाका पनौती शाखा प्रमुख मनोज थापाले गरेका थिए ।

SKYWELL
Crest

अभियान लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । संस्थाले २०८१ असोज मसान्तसम्म ३४ हजार ६ सय जनालाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको र आउँदा दिनहरुमा यस वित्तीय संस्थाले सामाजिक कार्यका साथै ग्राहकहरुको उद्यम विकास तथा स्वरोजगार बृद्वि सम्बन्धिको कार्यक्रमहरुलाई प्राथमिकतामा राख्ने संस्थाका मुख्य प्रबन्धक कृष्ण बहादुर खड्काले बताए ।

 

 

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS