काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २५.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ६.५ प्रतिशत बोनस शेयर र करसहित १९ प्रतिशत नगद लाभांश रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

















