Siddhartha Bank
GBIME
IME Life

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु. १२ अर्ब, कर्जा लगानीको अवस्था कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ प्रणालीबाट एकैदिन १२ अर्ब रुपैयाँ बाहिरिएको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कात्तिक ७ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको १२ अर्ब रुपैयाँ निक्षेप घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६६ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिन कात्तिक ६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६६ खर्ब ३८ अर्ब रुपैयाँ थियो।

SKYWELL
Crest

कात्तिक ७ मा वाणिज्य बैंकहरुको मात्रै निक्षेप ११ अर्ब रुपैयाँले घटेको छ। अघिल्लो दिनसम्म ५९ खर्ब ३ अर्ब रुपैयाँ कुल निक्षेप रहेको वाणिज्य बैंकहरुको कात्तिक ७ मा घटेर ५८ खर्ब ९२ अर्ब रुपैयाँमा झरेको छ।

कात्तिक ७ मा बैंक तथा वित्तीयहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले बढेर ५२ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५२ खर्ब ७० अर्ब रुपैयाँ थियो।

कात्तिक ७ मा बैंकहरुको औसत सीडी रेसियो बढेर ७८.२२ प्रतिशत र अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS