IME Life New

इसेवा र फोनप्वाइन्ट्सबीच सम्झौताः प्लेटफर्म एक, फाइदा अनेक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपालमा डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न इसेवा र फोनप्वाइन्ट्सबीच प्रारम्भिक साझेदारी घोषणा भएको छ। फोनप्वाइन्ट्स एक एकीकृत लौयल्टी म्यानेजमेन्ट प्लेटफर्म हो। जसले व्यवसायहरूलाई आफ्ना ग्राहकहरूलाई विविध प्वाइन्ट र अफरहरू प्रदान गर्दै अद्वितीय व्यावसायिक अनुभव दिन सक्षम बनाउँछ।

यस प्लेटफर्मको माध्यमबाट प्रयोगकर्ताहरूले विभिन्न वित्तीय कारोबारहरूबाट आर्जन गरेका प्वाइन्टहरू सजिलै एकै स्थानबाट हेर्न, व्यवस्थापन गर्न र आकर्षक अफरहरूको उपभोग गर्न सक्नेछन्। फोनप्वाइन्ट्सले फोनपेसँग आबद्ध व्यावसायिक साझेदारहरूसँगको संलग्नताबाट आर्जन गरिएको लौयल्टी प्वाइन्ट्सलाई एकीकृत गर्छ। जसले प्रयोगकर्तालाई ती प्वाइन्ट प्रयोग गरेर छुट, उपहार तथा अन्य लाभहरू प्राप्त गर्ने अवसर प्रदान गर्दछ।

Esewa
Crest

इसेवाले यो साझेदारीमार्फत आफ्ना प्रयोगकर्तालाई डिजिटल कारोबारमा थप फाइदा पुर्‍याउने उद्देश्य राखेको छ। अब प्रयोगकर्ताहरूले इसेवा मार्फत आर्जन गरेका लौयल्टी प्वाइन्ट्सलाई फोनप्वाइन्ट्स प्लेटफर्ममा एकीकृत गर्दै ती प्वाइन्ट्स प्रयोग गरेर विभिन्न अफरहरूको उपभोग गर्न सक्नेछन्।

फोनप्वाइन्ट्सका सिइओ सागर पौडेलका अनुसार, यो प्लेटफर्ममा नयाँ प्रयोगकर्ताहरूलाई सहज रूपमा जोडिन र सेवा प्राप्त गर्न सरल प्रक्रिया उपलब्ध छ। यसले प्रयोगकर्तालाई सजिलो बनाउनुका साथै डिजिटल कारोबारमा संलग्न हुन थप प्रेरित गर्ने लक्ष्य राखेको छ।

यस साझेदारीले नेपालमा डिजिटल कारोबारलाई थप प्रवर्द्धन गर्ने र प्रयोगकर्ताहरूलाई आकर्षक अफरहरूको लाभ दिलाउने विश्वास गरिएको छ।

फोनप्वाइन्ट्स व्यवस्थापन
प्रयोगकर्ताहरूले फोनप्वाइंट्स वा पार्टनर एप मार्फत आफूले कमाएको फोन प्वाइन्टस्‌को विवरण हेर्न, विभिन्न अफर अवलोकन गर्दै फोनप्वाइन्ट्स प्रयोग गरी आफूले चाहेको अफरहरू प्राप्त गर्न सक्नेछन् जसले प्रयोगकर्ताको अनुभवलाई सरल बनाउँछ।

इसेवा
इसेवा नेपालकै पहिलो डिजिटल वालेट हो। जसले अनलाइन भुक्तानी, रकम पठाउने, मोबाइल रिचार्ज, र युटिलिटी बिल भुक्तानी जस्ता सेवा प्रदान गर्दछ। ८६ लाखभन्दा बढी ग्राहकहरू, २ लाख ३८ हजार ं एजेन्टहरू, र ४९ बैङ्कहरूको विशाल नेटवर्क रहेको इसेवा नेपाल राष्ट्र बैङ्कद्वारा लाइसेन्स प्राप्त सुरक्षित डिजिटल वालेट हो।

फोनपे
फोनपे नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक हो। जसले अनलाइन र अफलाइन दुवै भुक्तानीका लागि नवीन समाधानहरू प्रदान गर्दछ। क्युआर कोड भुक्तानी, पीटूपी (व्यक्ती व्यक्ती बीच) फण्ड ट्रान्सफर र अन्य भुक्तानी सेवाहरू मार्फत फोनपेले प्रयोगकर्ता र व्यापारीहरूको भुक्तानी अनुभवलाई सहज बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS