IME Life New

नेपाल फाइनान्सको झनै बढ्यो घाटा, ईपीएस पनि ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले २ करोड ४० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि यही अवधिमा कम्पनीले २ करोड २ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। अघिल्लो वर्षको तुलनामा घाटा झनै बढेको छ।

Esewa
Crest

समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा २५ करोड ७ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

कम्पनीलाई २ करोड ४० लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष पनि २ करोड २ लाख रुपैयाँ सञ्चालन घाटा भएको थियो। कम्पनीको खुद ब्याज आम्दानी भने बढेर २ करोड ९० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ५२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो।

चुक्तापुँजी ७२ करोड ९९ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार बढेर ४६ करोड १३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ४३ करोड १० लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीले २ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले २ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) घटेर १०.३६ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि कम्पनीको एनपीएल ११.७५ प्रतिशत थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३.२९ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि ईपीएस २.७७ रुपैयाँले ऋणात्मक थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १३५.८६ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS