काठमाडौं । एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक विदेशी लगानी भएका नेपालका दुई वाणिज्य बैंक हुन् । दुवै बैंकले चालू आर्थिक वर्ष ८१/८२को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंक बीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययन :
चुक्ता पुँजीको आधारमा : एभरेष्ट बैंक लिमिटेडको चुक्ता पुँजी १२ अर्ब ९४ करोड रहेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको चुक्ता पुँजी ९ अर्ब ४२ करोड रहेको छ ।
जगेडा कोषको आधारमा : एभरेष्ट बैंक लिमिटेडको जगेडाकोषमा १३ अर्ब ५३ करोड रहेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको जगेडाकोषमा ८ अर्ब ७५ करोड रहेको छ ।
रिटेन्ड अर्निङको आधारमा : एभरेष्ट बैंक लिमिटेडको रिटेन्ड अर्निङमा १ अर्ब ६३ करोड रहेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको रिटेन्ड अर्निङमा ३ अर्ब २३ करोड रहेको छ ।
निक्षेप र कर्जाको आधारमा : एभरेष्ट बैंक लिमिटेडले २ खर्ब ३७ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८७ अर्ब कर्जा प्रवाह गरेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले १ खर्ब १३ अर्ब निक्षेप संकलन गरी ८१ अर्ब ९५ करोड कर्जा प्रवाह गरेको छ ।
खुद ब्याज आम्दानीको आधारमा : एभरेष्ट बैंक लिमिटेडले २ अर्ब १३ करोड खुद ब्याज आम्दानी गरेकोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले १ अर्ब १६ करोड खुद ब्याज आम्दानी गरेको छ ।
संचालन नाफा : एभरेष्ट बैंक लिमिटेडले १ अर्ब ६१ करोड संचालन नाफा गरेकोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले १ अर्ब २३ करोड संचालन नाफा गरेको छ ।
खुद मुनाफा : एभरेष्ट बैंक लिमिटेडले १ अर्ब १२ करोड खुद नाफा गरेकोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले ८६ करोड २२ लाख खुद नाफा गरेको छ ।
किताबी मूल्य : एभरेष्ट बैंक लिमिटेडको किताबी मूल्य २१९.०१ रुपैयाँ छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको किताबी मूल्य २२७.१३ रुपैयाँ छ ।
वार्षिक प्रति शेयर आम्दानी : वित्तीय विवरणको आधारमा एभरेष्ट बैंक लिमिटेडको वार्षिक प्रति शेयर आम्दानी ३४.८५ रुपैयाँ छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको वार्षिक प्रति शेयर आम्दानी ३६.५७ रुपैयाँ छ ।
खराब कर्जा: एभरेष्ट बैंक लिमिटेडको खराब कर्जा ०.७७ प्रतिशत हुँदा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको खराब कर्जा १.९५ प्रतिशत छ।
नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला ! माथिको समाचार शेयर कारोवार प्रयोजनका लागि होइन।