काठमाडौं । ग्लोबल आइएमई बैंक र नबिल बैंक नाफामा एक अर्कालाई टक्कर दिने वाणिज्य बैंक हुन् । दुवै बैंकले चालू आर्थिक वर्ष ८१/८२को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंक बीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययन :
चुक्ता पुँजीको आधारमा : नबिल बैंक लिमिटेडको चुक्ता पुँजी २७ अर्ब ५ करोड रहेको छ भने ग्लोबल आइएमई बैंक लिमिटेडको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रहेको छ ।
जगेडा कोषको आधारमा : नबिल बैंक लिमिटेडको जगेडा कोषमा ३० अर्ब ५ करोड रहेको छ भने ग्लोबल आइएमई बैंक लिमिटेडको जगेडा कोषमा २४ अर्ब ८९ करोड रहेको छ ।
रिटेन्ड अर्निङको आधारमा : नबिल बैंक लिमिटेडको रिटेन्ड अर्निङमा ४ अर्ब ९८ करोड रहेको छ भने ग्लोबल आइएमई बैंक लिमिटेडको रिटेन्ड अर्निङमा १ अर्ब ९१ करोड रहेको छ ।
निक्षेप र कर्जाको आधारमा : नबिल बैंक लिमिटेडले ४ खर्ब ७९ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ८१ अर्ब कर्जा प्रवाह गरेको छ भने ग्लोबल आइएमई बैंक लिमिटेडले ५ खर्ब १२ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ९७ अर्ब कर्जा प्रवाह गरेको छ ।
खुद ब्याज आम्दानीको आधारमा : नबिल बैंक लिमिटेडले ४ अर्ब १४ करोड खुद ब्याज आम्दानी गरेकोमा ग्लोबल आइएमई बैंक लिमिटेडले ४ अर्ब ११ करोड खुद ब्याज आम्दानी गरेको छ ।
संचालन नाफा : नबिल बैंक लिमिटेडले २ अर्ब ८९ करोड संचालन नाफा गरेकोमा ग्लोबल आइएमई बैंक लिमिटेडले २ अर्ब १४ करोड संचालन नाफा गरेको छ ।
खुद मुनाफा : नबिल बैंक लिमिटेडले २ अर्ब ५ करोड खुद नाफा गरेकोमा ग्लोबल आइएमई बैंक लिमिटेडले १ अर्ब ५१ करोड खुद नाफा गरेको छ ।
वार्षिक प्रति शेयर आम्दानी : वित्तीय विवरणको आधारमा नबिल बैंक लिमिटेडको वार्षिक प्रति शेयर आम्दानी ३०.४० रुपैयाँ छ भने ग्लोबल आइएमई बैंक लिमिटेडको वार्षिक प्रति शेयर आम्दानी १६.७४ रुपैयाँ छ ।
किताबी मूल्य : नबिल बैंक लिमिटेडको किताबी मूल्य २२९.४८ रुपैयाँ छ भने ग्लोबल आइएमई बैंक लिमिटेडको किताबी मूल्य १७४.२० रुपैयाँ छ ।
नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला ! माथिको समाचार शेयर कारोवार प्रयोजनका लागि होइन।