IME Life New

बीमकबाट बाढीपहिरोको क्षतिको सवा १७ करोड दाबी भुक्तानी, शिखर एक्लैको ९९.७९% हिस्सा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत असोज दोस्रो साताको अविरल वर्षापछि निम्तेको बाढीपहिरोबाट भएको क्षतिको हालसम्म निर्जीवन बीमा कम्पनीहरुले सवा १७ करोड रुपैयाँ बढी दाबी भुक्तानी गरेका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार असोज २९ गतेसम्म बीमा कम्पनीहरुले ९७ वटा दाबीको १७ करोड २८ लाख २८ हजार रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। यसमा बीमकले गरेको अग्रिम दाबी भुक्तानी पनि समावेश गरेको प्राधिकरणले जनाएको छ।

Esewa
Crest

प्राधिकरणको तथ्यांकअनुसार शिखर इन्स्योरेन्स एक्लैले ८९ वटा दाबीको १७ करोड २४ लाख ७१ हजार रुपैयाँ भुक्तानी गरेको छ। यो हालसम्म भएको दाबी भुक्तानीमा शिखर इन्स्योरेन्सको मात्रै हिस्सा ९९.७९ प्रतिशत रहेको छ।

नेको इन्स्योरेन्सले ४ वटा दाबीको भुक्तानी गर्दा हिमालयन एभरेष्ट, आईजीआई प्रुडेन्सियल, सानिमा जीआईसी र प्रभु इन्स्यारेन्सले १–१ वटा दाबीको भुक्तानी गरेका छन्। नेकोले ६६ हजार १३८ रुपैयाँ, हिमालयन एभरेष्टले २३ हजार ९४० रुपैयाँ, आईजीआई प्रुडेन्सियलले ३८ हजार ८७८ रुपैयाँ, सानिमा जीआईसीले २ लाख १६ हजार ५९४ रुपैयाँ र प्रभु इन्स्योरेन्सले ११ हजार ६९१ रुपैयाँ दाबी भुक्तानी गरेका छन्।

प्राधिकरणका अनुसार असोज २९ गतेसम्म १४ वटा निर्जीवन बीमक र ४ वटा निर्जीवन लघु बीमकमा कुल ३ हजार २४४ वटा दाबी परेका छन्। ती दाबीको कम्पनीहरुले कुल ८ अर्ब ९८ करोड ३० लाख २६ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS