IME Life New

सिटिजन लाइफको टिकटकमा उत्कृष्ट हुनेले रू २० हजार पुरस्कार पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सामाजिक सञ्जाल टिकटक मार्फत बीमा प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता योजना सार्वजनिक गरेको छ।

इन्स्योरेन्सले हाम्रो सिटिजन रोज्नु बोलको गितमा टिकटक श्रव्यदृश्य बनाएर प्रतियोगितामा सहभागि हुन सार्वजनिकरूपमा आह्वान गरेको छ। इन्स्योरेन्सले आफ्नो आधिकारिक टिकटक पेज   मा यो गित राखेको छ।

Esewa
Crest
इन्स्योरेन्सका अनुसार प्रतियोगितामा सहभागिताका लागि सिटिजन लाइफको ‘हाम्रो सिटिजन’ बोलको गीतमा टिकटक भिडियो बनाएर टिकटकमा राख्नुपर्नेछ र  @Citizenlifeinsurance लाई ट्याग गर्नुपर्नेछ।साथै सिटिजन लाइफको टिकटक अकाउण्ट पनि फलो(पछ्याउनु) गर्नुपर्नेछ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले २० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी दोश्रो स्थान हासिल गर्नेले १५ हजार र तेश्रो स्थान हासिल गर्नेले १० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसबाहेक थप १० जना प्रतिस्पर्धीलाइ जनही ५ हजार रूपैयाँका दरले नगद पुरस्कार प्रदान गरिने इन्स्योरेन्सले जानकारी दिएको छ।
इन्स्योरेन्सका अनुसार प्रतिस्पर्धामा विजेताको छनाैटका लागि ५० प्रतिशत अंकभार टिकटक भिडियोको पहुँच र बाँकी ५० प्रतिशत अंकभार मूल्यांकन समितिको निर्णयका आधारमा दिइनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS