GBIME
IME Life

सिटिजन लाइफको टिकटकमा उत्कृष्ट हुनेले रू २० हजार पुरस्कार पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सामाजिक सञ्जाल टिकटक मार्फत बीमा प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता योजना सार्वजनिक गरेको छ।

इन्स्योरेन्सले हाम्रो सिटिजन रोज्नु बोलको गितमा टिकटक श्रव्यदृश्य बनाएर प्रतियोगितामा सहभागि हुन सार्वजनिकरूपमा आह्वान गरेको छ। इन्स्योरेन्सले आफ्नो आधिकारिक टिकटक पेज   मा यो गित राखेको छ।

SKYWELL
Crest
इन्स्योरेन्सका अनुसार प्रतियोगितामा सहभागिताका लागि सिटिजन लाइफको ‘हाम्रो सिटिजन’ बोलको गीतमा टिकटक भिडियो बनाएर टिकटकमा राख्नुपर्नेछ र  @Citizenlifeinsurance लाई ट्याग गर्नुपर्नेछ।साथै सिटिजन लाइफको टिकटक अकाउण्ट पनि फलो(पछ्याउनु) गर्नुपर्नेछ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले २० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी दोश्रो स्थान हासिल गर्नेले १५ हजार र तेश्रो स्थान हासिल गर्नेले १० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसबाहेक थप १० जना प्रतिस्पर्धीलाइ जनही ५ हजार रूपैयाँका दरले नगद पुरस्कार प्रदान गरिने इन्स्योरेन्सले जानकारी दिएको छ।
इन्स्योरेन्सका अनुसार प्रतिस्पर्धामा विजेताको छनाैटका लागि ५० प्रतिशत अंकभार टिकटक भिडियोको पहुँच र बाँकी ५० प्रतिशत अंकभार मूल्यांकन समितिको निर्णयका आधारमा दिइनेछ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS