IME Life New

आयात बढ्दा निर्यात घट्यो, व्यापार घाटा २ खर्ब ३७ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकको आयात बढेको छ भने निर्यात घटेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्मको तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको २ महिनामा कुल वस्तु आयात १.१ प्रतिशतले वृद्घि भई रु.२ खर्ब ६२ अर्ब ५४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५.१ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ०.१ प्रतिशत र ५.१ प्रतिशतले कमी आएको छ भने चीनबाट भएको आयात ११.९ प्रतिशतले वृद्घि भएको छ।

Esewa
Crest

समीक्षा अवधिमा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटी रु. २५ अर्ब ९ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.८ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः ४.५ प्रतिशत, ४५.३ प्रतिशत र ३.९ प्रतिशतले कमी आएको छ।

चालु आर्थिक वर्षको २ महिनामा कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले वृद्घि भई रु.२ खर्ब ३७ अर्ब ४५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.७ प्रतिशतले कमी आएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS