IME Life New

समावेशी बीमा सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनका लागि ९ दिन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो वर्ष कात्तिक महिना नेपालको बीमा क्षेत्रका लागि केही विशेष हुने भएको छ। समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन यही कात्तिक ५ देखि ९ गतेसम्म काठमाडाैंमा हुँदैछ।

सम्मेलनका लागि आवश्यक सबै तयारी भइ सकेको आयोजक समितिले जानकारी दिएको छ। होटल याक एण्ड यतीमा आयोजना हुने सम्मेलनमा विश्वभरका ५० भन्दा बढी मुलुकबाट बीमा, लघु बीमा, समावेशी बीमा र पुनर्बीमा सम्बन्धि विज्ञहरूको सहभागिता रहनेछ ।

Esewa
Crest

सम्मेलनमा गैरसरकारी संस्थाहरू, विकास-सहायता संस्थाहरू, नियामक निकायहरू, नीति विशेषज्ञहरू, र बीमा उद्योगका विज्ञहरू सहित विश्वभरबाट ४ सय भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। यी सबै न्यून आय भएका र जोखिममा परेका परिवारहरूका लागि समावेशी बीमा समाधान प्रवर्द्धनको क्षेत्रमा सकृय संस्थाहरू हुन् ।

पहिलो पटक यो सम्मेलनको आतिथ्यताको अवसर पाएको नेपालले सम्मेलनका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बीमा बजारलाइ चिनाउने अवसरका रूपमा सदुपयोग गर्न खोजेको छ। बीमा बजारलाइ चिनाउने र सँगै पर्यटन प्रवर्द्धनमा समेत योगदा पुर्‍याउन सकिने स्थानीय आयोजकको विश्वास छ।

सम्मेलनको २० औँ संस्करण म्युनिख रि फाउण्डेशन र माइक्रोइन्स्योरेन्स नेटवर्कको सहकार्यमा नेपाल बीमक संघ, जीवन बीमक संघ नेपाल, नेपाल लघु बीमक संघ र नेपाल बीमा प्राधिकरणले संयुक्तरूपमा आयोजना गर्न लागेका हुन् ।

कात्तिक ५ गतेको उद्घाटन शत्रपछि दोश्रो दिन कात्तिक ६ गते पत्रकार सम्मेलन हुनेछ। पत्रकार सम्मेलनमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मन्तव्य राख्नेछन् । बीमक संघका अध्यक्ष चंकी क्षेत्री, म्युनिख रि फाउण्डेशनका उपाध्यक्ष डर्क रेनहार्ड र माइक्रोइन्स्योरेन्स नेटवर्कको बोर्डका अध्यक्ष लोरेन्जो चानले पत्रकार सम्मेलनमा सम्मेलनको उद्देश्यबारेमा प्रकाश पार्नेछन् । पत्रकार सम्मेलन मध्यान्ह १२ः३० बजे हुने कार्यक्रम तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS