IME Life New

बाढीपहिरो क्षतिको बीमा दाबी ५३ जिल्लाबाट, काठमाडौं र ललितपुरमा सर्वाधिक (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत असोज १० गतेको अबिरल वर्षाका कारण देशका विभिन्न भागमा सिर्जित बाढीपहिरोबाट ठूलै धनजनको क्षति पुगेको छ। बीमा क्षेत्रमा भने बाढीपहिरोबाट भएको क्षतिको दाबी ५३ जिल्लाबाट पर्न सक्ने प्रारम्भिक निरीक्षणका क्रममा देखिएको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज २२ गतेसम्मको तथ्यांकअनुसार हालसम्म १४ वटा निर्जीवन बीमा र ४ वटा लघु निर्जिवन बीमा कम्पनीहरुमा २ हजार ५७६ वटा बीमा दाबी पर्ने देखिएको छ। जसमा कम्पनीहरुले ७ अर्ब ४० करोड ७१ लाख रुपैयाँ बढी बीमा दाबी भुक्तानी दिनुपर्ने देखिएको छ।

Esewa
Crest

जिल्लागत हिसाबले हेर्ने हो भने बीमा कम्पनीहरुमा सबैभन्दा बढी दाबी काठमाडौं जिल्लाबाट पर्ने देखिएको छ। काठमाडौंबाट मात्रै १ हजार ४५३ वटा दाबी पर्ने र ती दाबीको रकम २ अर्ब ८७ करोड ८२ लाख रुपैयाँ बढीको हुन सक्ने देखिएको छ।

हालसम्म काठमाडौंबाट बीमा कम्पनीहरुमा ६०४ वटा दाबी परिसकेको छ। ती दाबीबापत कम्पनीहरुले १ अर्ब २८ करोड २३ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने देखिएको छ।

यसैगरी दोस्रो धेरै दाबी पर्ने जिल्लामा ललितपुर रहेको छ। ललितपुरबाट बीमा कम्पनीहरुमा ४३३ वटा दाबी पर्ने देखिएको छ। यी दाबीको कम्पनीहरुले १ अर्ब ८३ करोड ३९ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

हालसम्म ललितपुर जिल्लाबाट बीमा कम्पनीहरुमा ३११ वटा दाबी परिसकेका छन्। ती दाबीबापत कम्पनीहरुले १ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ।

प्राधिकरणका अनुसार तेस्रो धेरै प्रभावित जिल्लाका रुपमा मकवानपुर देखिएको छ। मकवानपुरबाट २४ वटा दाबीबापत १ अर्ब १ करोड ३२ लाख रुपैयाँ बीमा कम्पनीहरुले भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म भने मकवानपुर जिल्लाबाट कम्पनीहरुमा २१ वटा दाबी परिसकेको छ। जसबापत कम्पनीहरुले १ करोड ३३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS