IME Life New

बाढीपहिरोको कहरः सम्पत्ति बीमामा सबैभन्दा बढी दाबी, ५ अर्ब ६९ रुपैयाँको पर्ने आँकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत असोज १० गतेपछिको लगातारको वर्षाले देशका विभिन्नमा सिर्जित बाढी र पहिरोबाट ठूलो धनजनको क्षति भएको छ। यसबाट निर्जीवन बीमकमा ठूलै धनराशिको दाबी पर्ने देखिएको छ।

असोज २२ गतेसम्म प्राप्त तथ्यांकअनुसार १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमकमा २ हजार ५७६ दाबी पर्ने देखिएको नेपाल बीमा प्राधिकरणले जनाएको छ। जसबापत निर्जीवन बीमकले कुल ७ अर्ब ४० करोड ७१ लाख ३५ हजार रुपैयाँ बढी दाबी भुक्तानी गर्नुपर्ने देखिएको पनि प्राधिकरणले जनाएको छ।

Esewa
Crest

हालसम्म कम्पनीहरुमा १ हजार ३७४ वटा दाबी परिसकेका छन्। जसमा ३ अर्ब ८१ करोड ७९ लाख ९६ हजार रुपैयाँबराबरको दाबी गरिएको छ।

प्राधिकरणका अनुसार असोज २२ गतेसम्म बीमा कम्पनीहरुले ७० वटा दाबीको ७८ लाख ६५ हजार ३५७ रुपैयाँ भुक्तानी गरिसकेका छन्।
पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बीमा पर्ने देखिएको छ। कम्पनीहरुमा १ हजार ३२८ वटा दाबीमा पर्न सक्ने प्रारम्भिक निरीक्षबाट देखिएको प्राधिकरणले जनाएको छ। जसबापत कम्पनीहरुले ५ अर्ब ६९ करोड ४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन सक्छ।

हालसम्म कम्पनीहरुमा सम्पत्ति बीमातर्फ ६१२ वटा दाबी परिसकेको छ। जसमा २ अर्ब ६५ करोड २३ लाख ८० हजार रुपैयाँ दाबी गरिएको छ। कम्पनीहरुले ३८ वटा दाबीको ५५ लाख १७ हजार ५६२ रुपैयाँ भुक्तानी गरिसकेका छन्।

यसैगरी दोस्रो धेरै दाबी पर्न सक्ने क्षेत्रमा इन्जिनियरिङ तथा ठेकेदार जोखिम रहेको छ। यो क्षेत्रमा २०५ वटा दाबी पर्ने प्रारम्भिक निरीक्षणबाट देखिएको छ। जसबापत कम्पनीहरुले १ अर्ब ४० करोड ५४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन सक्छ। हालसम्म कम्पनीहरुमा १०८ वटा दाबी परेका छन्। जसमा ९६ करोड ८१ लाख ६० हजार रुपैयाँ दाबी गरिएको छ।

मोटर बीमा निजीतर्फ ६३७ वटा र सार्वजनिकतर्फ २४६ वटा दाबी पर्न सक्ने प्राधिकरणले जनाएको छ। जसमा क्रमशः १६ करोड ९३ लाख ५१ हजार रुपैयाँ र १० करोड ८४ लाख ९४ हजार रुपैयाँ दाबी पर्न सक्ने देखिन्छ। हालसम्म कम्पनीहरुमा मोटर बीमा निजीतर्फ ३६६ वटा र सार्वजनिकतर्फ ११५ वटा दाबी परिसकेका छन्। जसमा क्रमशः १० करोड ९६ लाख ८२ हजार रुपैयाँ र ५ करोड ८२ लाख ७४ हजार रुपैयाँ दाबी गरिएको छ।

प्राधिकरणका अनुसार कम्पनीहरुले अहिलेसम्म मोटर बीमा निजीतर्फ २३ वटा परेको दाबीको १७ लाख ९६ हजार रुपैयाँ र सार्वजनिकतर्फ ४ वटा दाबीको ३ लाख ३५ हजार रुपैयाँ भुक्तानी गरिसकेका छन्।

यसैगरी कृषि बाली बीमातर्फ ११४ दाबीको १ करोड ७ लाख ६० हजार रुपैयाँ, पशुपन्छी बीमातर्फ २६ वटा दाबीको १ करोड ९ लाख ९० हजार रुपैयाँ, विविधतर्फ २ वटा दाबीको ७ लाख रुपैयाँ र सामुद्रिक बीमातर्फ १८ वटा दाबीको १ करोड ९ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने प्रारम्भिक निरीक्षणबाट देखिएको छ। हालसम्म कम्पनीहरुमा कृषि बाली बीमातर्फ ११२ वटा दाबी (९५ लाख ६० हजार रुपैयाँ), पशुपन्छी बीमातर्फ ४२ वटा दाबी (६३ लाख ३३ हजार रुपैयाँ), विविध बीमातर्फ १४ वटा दाबी (५१ लाख ९५ हजार रुपैयाँ) र सामुद्रिक बीमातर्फ ५ वटा दाबी (८४ लाख ९ हजार रुपैयाँ) परिसकेका छन्।

कम्पनीहरुले पशुपन्छी बीमातर्फ ४ वटा दाबीको २ लाख ६ हजार रुपैयाँ र सामुद्रिक बीमातर्फ एउटा दाबीको ९ हजार रुपैयाँ भुक्तानी गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS