IME Life New

बाढीपहिरोको क्षतिः बीमकहरुमा रु. ७.४० अर्बको दाबी पर्न सक्ने, शिखरबाट ६९ दाबीको भुक्तानी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकहरुमा बाढीपहिरोबाट भएको क्षतिको हालसम्म ७ अर्ब ४० करोड रुपैयाँ बढीको दाबी पर्न सक्ने देखिएको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा र निर्जीवन लघु बीमा गरी १८ वटा कम्पनीमा प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचनाबमोजिम २ हजार ५७६ वटा दाबी पर्ने सम्भावना देखिएको छ। ती दाबीको ७ अर्ब ४० करोड ७१ लाख ३५ हजार ६७५.५२ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ।

असोज २२ गतेसम्म बीमा कम्पनीहरुमा १ हजार ३७४ बीमा दाबी परिसकेको छ। जसमा ३ अर्ब ८१ करोड ७९ लाख ९६ हजार २३८ रुपैयाँबराबरको दाबी परेका छन्।

Crest

प्राधिकरणका अनुसार सबैभन्दा बढी बीमा दाबी पर्नेमा ओरिएन्टल इन्स्योरेन्स कम्पनी रहेको छ। यो कम्पनीमा हालसम्म १६२ वटा दाबी परेको छ। जसबापतको १ अर्ब ४५ करोड ४० लाख ५८ हजार ९०१ रुपैयाँ दाबी रकम रहेको छ।

यसैगरी दोस्रो दाबी पर्ने कम्पनीमा नेको इन्स्योरेन्स रहेको छ। यो कम्पनीले २५८ दाबीको ९६ करोड ४३ लाख १८ हजार ७०४ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ।

यसैगरी शिखर इन्स्योरेन्स ३९३ वटा दाबी परेको छ। जसबापत कम्पनीले ९३ करोड ७ लाख ६६ हजार १६४ रुपैयाँ दाबी भुक्तानी गर्नुपर्ने देखिन्छ।

एनएलजी इन्स्योरेन्समा पनि १३६ वटा दाबीबापत १९ करोड ८ लाख ६४ हजार ५६९ रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले १६ वटा दाबीको १० करोड ७२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ।

त्यस्तै बाढीपहिरोबाट भएको क्षतिपछि परेको २६० वटा दाबीको युनाइटेड अजोड इन्स्योरेन्सले १० करोड २५ लाख ३० हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले १०७ वटा दाबीको ४ करोड ९० लाख ७२ हजार ९०० रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्सले ९ वटा दाबीको ३६ लाख ८५ हजार रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्सले ४ वटा दाबीको १५ लाख २० हजार रुपैयाँ, नेपाल माइक्रोले ४ दाबीको ४ लाख ५० हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ४ वटा दाबीको ३ लाख ३० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ।

प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचनाबमोजिम सबैभन्दा बढी दाबी पर्न सक्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ४५० दाबीको १ अर्ब ९३ करोड ७८ लाख २२ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन सक्छ।

उता हिमालयन एभरेष्ट इन्स्योरेन्समा २१२ वटा दाबीको ९४ करोड ६८ लाख ८ हजार ३४४ रुपैयाँ, नेसनल इन्स्योरेन्समा ५० वटा दाबीको ३८ करोड १७ लाख ५० हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २४८ वटा दाबीको २० करोड ६४ लाख ४० हजार रुपैयाँ, नेपाल इन्स्योरेन्समा १५८ वटा दाबीको ३३ करोड ८१ लाख ६ हजार ३२२ रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३३९ वटा दाबीको ६५ करोड ४८ लाख ६४ हजार ९४१ रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्समा १७५ वटा दाबीको १७ करोड १५ लाख २७ हजार ३३८ रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन सक्ने प्रारम्भिक निरीक्षणबाट देखिएको प्राधिकरणले जनाएको छ।

हालसम्म बीमा कम्पनीहरुबाट ७० वटा बाढीपहिरोबाट भएको क्षतिको दाबी भुक्तानी भएको छ। जसमा शिखर इन्स्योरेन्सले ६९ वटा र आइजीआई प्रुडेन्सियलले एउटा दाबी भुक्तानी गरेका छन्। शिखर इन्स्योरेन्सले ७८ लाख २६ हजार ४७९.०६ रुपैयाँ र आइजीआई प्रुडेन्सियलले ३८ हजार ८७८ रुपैयाँ दाबी भुक्तानी गरिसकेका छन्।

गत असोज १० गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षति भएको थियो। प्राधिकरणले केही समयपहिले मात्रै परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई यथाशक्य चाँडो क्षतिको दाबी भुक्तानी दिन निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS