IME Life New

बैंकहरुले प्रदेश र शाखा कार्यालयमा पनि सूचना अधिकारी तोक्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अब प्रदेश र शाखा कार्यालयमा पनि सूचना अधिकारी तोक्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। यसअघि बैंकहरुले प्रदेश र शाखा कार्यालयमा सूचना अधिकारी तोक्नुपर्ने व्यवस्था थिएन।

Esewa
Crest

संशोधित निर्देशनमा इजाजतपत्रप्राप्त संस्थाले सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम माग भएको सूचना उपलब्ध गराउन तथा सो ऐनमा भएका अन्य व्यवस्था कार्यान्वयनका लागि सूचना अधिकारी तोक्नुपर्नेछ र कानुन बमोजिम माग गरिएको सूचनाको अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ। यसका साथै सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ को उपदफा (३) बमोजिमको सूचना प्रत्येक ३ महिनामा अद्यावधिक गरी प्रकाशन गर्नुपर्ने व्यवस्था पनि एकीकृत निर्देशनमा थप गरिएको छ।

यसैगरी इजाजतपत्रप्राप्त संस्थाले सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम माग भएको सूचना उपलब्ध गराउन तथा सो ऐनमा भएका अन्य व्यवस्था कार्यान्वयनका लागि आफ्नो प्रदेश कार्यालय र शाखा कार्यालयहरुमा समेत सूचना अधिकारी तोक्नुपर्ने व्यवस्था थप गरिएको छ। यसरी कानुनबमोजिम प्रदेश कार्यालय र शाखा कार्यालयहरुबाट माग गरिएको सूचनाको अभिलेख राख्नुपर्नेछ । यसका साथै सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ को उपदफा (३) बमोजिमको सूचना प्रत्येक तीन महिनामा अद्यावधिक गरी प्रकाशन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले थप गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS