IME Life New

बैंकका ठूला शेयरधनी, पदाधिकारी र कर्मचारीलाई दिइने कर्जा र सुविधामा कडाइ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ठूला शेयरधनी, पदाधिकारी र कर्मचारीलाई दिने कर्जा र सुविधामा कडाइ गरेको छ।

केन्द्रीय बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाले ठूलो शेयरधनी, पदाधिकारी र कर्मचारीलाई दिने कर्जा र सुविधामा थप कडाइ गरेको हो। संशोधित एकीकृत निर्देशनमा तल उल्लेखित अवस्थामा बैंक तथा वित्तीय संस्थाका संस्थापक समूह, शेयरधनी, लेखापरीक्षक, कानुनी सल्लाहकार तथा कर्मचारीलाई कर्जा तथा गैरकोषमा आधारित सुविधा प्रदान गर्न बन्देज गरिएको छः

Esewa
Crest
  • चुक्ता पुँजीको ०.५ प्रतिशत भन्दा बढी शेयर लिएका संस्थापक समूहका शेयरधनी वा चुक्ता पुँजीको एकप्रतिशतभन्दा बढी शेयर लिएका शेयरधनी तथा निजका परिवारका सदस्य र कर्मचारीलाई,
  • चुक्ता पुँजीको ०.५ प्रतिशत भन्दा बढी शेयर लिएका संस्थापक समूहका शेयरधनी, चुक्ता पुँजीको १ प्रतिशत वा सोभन्दा बढी शेयर लिएका व्यक्ति, फर्म, कम्पनी वा संस्था, कार्यकारी प्रमुख, बहालवाला लेखापरीक्षक, कानुनी सल्लाहकार तथा कर्मचारी वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा त्यस्ता व्यक्तिका वित्तीय स्वार्थ भएका फर्म, कम्पनी, संस्था वा सञ्चालक मनोनित वा नियुक्ति गर्ने अधिकार पाएका फर्म, कम्पनी वा संस्थालाई,
  • चुक्ता पुँजीको १ प्रतिशतभन्दा बढी शेयर लिएको शेयरधनी र इजाजतपत्रप्राप्त संस्थाका कर्मचारी साझेदार भएको वा जमानत बसेको वा अन्य किसिमको वित्तीय स्वार्थ भएको व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई,
  • यस बैंकले निर्देशन दिएकोमा बाहेक १ प्रतिशत भन्दा बढी शेयर धारण गरेका शेयरधनी र कर्मचारीले १० प्रतिशतभन्दा बढी शेयर लिई मताधिकार लिएको फर्म, कम्पनी वा संस्थालाई,
  • इजाजतपत्रप्राप्त संस्थाको चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी शेयर लिएका संस्थापक समूहका शेयरधनी, एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएका शेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न पाइने छैन ।

यसअघिको व्यवस्थाः

  • संस्थापक समूहका शेयरधनी वा चुक्ता पुँजीको कुल शेयरको १ प्रतिशतभन्दा बढी शेयर लिएका शेयरधनी तथा निजका परिवारका सदस्य र कर्मचारीलाई,
  • संस्थापक समूहका शेयरधनी, १ प्रतिशत वा सोभन्दा बढी शेयर लिएका व्यक्ति, फर्म, कम्पनी वा संस्था, कार्यकारी प्रमुख, बहालवाला लेखापरीक्षक, कानुनी सल्लाहकार तथा कर्मचारी वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा त्यस्ता व्यक्तिका वित्तीय स्वार्थ भएका फर्म, कम्पनी, संस्था वा सञ्चालक मनोनित वा नियुक्ति गर्ने अधिकार पाएका फर्म, कम्पनी वा संस्थालाई,
  • तर, विगतमा कुल चुक्ता पुँजीको एक प्रतिशत भन्दा कम शेयर धारण गरेका इजाजतपत्रप्राप्त संस्थाका संस्थापक समूहका शेयरधनीलाई प्रदान भएको कर्जा तथा गैर कोषमा आधारित सुविधाको विस्तृत विवरण वार्षिक वित्तीय विवरणमा खुलाउनु पर्नेछ ।
  • चुक्ता पुँजीको १ प्रतिशतभन्दा बढी शेयर लिएको शेयरधनी र इजाजतपत्रप्राप्त संस्थाका कर्मचारी साझेदार भएको वा जमानत बसेको वा अन्य किसिमको वित्तीय स्वार्थ भएको व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई,
  • यस बैंकले निर्देशन दिएकोमा बाहेक १ प्रतिशत भन्दा बढी शेयर धारण गरेका शेयरधनी र कर्मचारीले १० प्रतिशतभन्दा बढी शेयर लिई मताधिकार लिएको फर्म, कम्पनी वा संस्थालाई,
  • इजाजतपत्रप्राप्त संस्थाका संस्थापक समूहका शेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS