IME Life New

मार्जिन कलः थप धितो नराखे बैंकले ऋणीको शेयर बेचेर कर्जा असुल्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा थप व्यवस्था गरेको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै शेयर धितो कर्जामा थप व्यवस्था गरेको हो।

Esewa
Crest

शेयरको बजारमूल्यमा हुने परिवर्तनको कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोका लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्ने व्यवस्था रहेको छ।

बैंक तथा वित्तीय संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा शेयर बिक्री गरी असुलउपर गर्नेसम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रडक्ट पेपरमा उल्लेख गर्नुपर्ने व्यवस्था संशोधित निर्देशनमार्फत गरिएको हो। यसअघि यस्तो प्रावधान थिएन।

यसैगरी मार्जिन कल गर्दा उक्त शेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस शेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको शेयर संख्यामा गणना गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS