IME Life New

चाडपर्वको बिदाका बेला केही भई हाले कसरी गर्ने बीमा दाबी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विपद कतिखेर आइलाग्छ, कसैले पूर्वानुमान गर्न सक्दैन। ऐतिहासिक घटनाक्रमका आधारमा केही विपदका बारेमा पूर्वानुमान गर्न संभव भएपनि मानिसको व्यक्तिगत जीवनमा आइपर्ने दुर्घटनाको अनुमान कसैले लगाउन सक्दैन ।

चाडपर्वको मौसम शुरू भइसक्दा भिडभाड, दौडधुप, हतार र कामको चापका कारण घटना दुर्घटना हुने संभावना हुन्छ। संभावित दुर्घटनाको जोखिमविरूद्ध रक्षावरण गर्ने, क्षतिपूर्तीको प्रत्याभूती दिने काम बीमाले गर्छ। यस्तो जोखिमका कारण कुनै हानिनोक्सानी भई हालेको अवस्थामा तत्कालै बीमकलाई त्यसबारेमा जानकारी गराउनुपर्छ।

Esewa
Crest

दशैंको बिदा शुरू हुँदैछ। दशैंका लागि सार्वजनिक बिदा हुने भएकाले बीमा कम्पनीको कार्यालयहरू पनि बन्द रहनेछन् । कार्यालय बन्द भएपनि बीमा दाबीयोग्य कुनै पनि घटना, दुर्घटना वा क्षति भएको अवस्थामा सक्दो चाँडो बीमकलाई जानकारी गराउनुपर्छ। कार्यालय बन्द छ खुलेपछि जानकारी गराउँला भन्ने ध्याउन्नमा लाग्नु हुँदैन।

दाबीका लागि प्रारम्भमै सबै कागज पत्र र प्रमाणहरू बीमकलाई उपलब्ध गराउनु जरूरी हुँदैन । पहिलो चरणमा घटना दुर्घटनाको मिति, समय र स्थान र घटनाको प्रकृतीबारे संक्षिप्त जानकारी गराउँदा पर्याप्त हुन्छ।

कसरी दिने बीमकलाई जानकारीः

१) ईमेलमार्फतः

तपाईले आफूले कुन कम्पनीबाट बीमा गराउनु भएको छ, त्यसबारेमा तपाईलाई जानकारी हुनुपर्छ। तपाईसँग भएको बीमालेखमा वा बीमकको वेबसाइटमा बीमकलाई सम्पर्क गर्ने ईमेल आइडी दिइएको हुन्छ। दाबी योग्य घटनाबारे प्रारम्भिक जानकारी तपाईले बीमकलाई इमेलमार्फत गराउन सक्नुहुन्छ।

२) टेलिफोनमार्फतः

बीमकले सार्वजनिक बिदाको समयमा पनि सेवालाई निरन्तरता दिन र विशेषगरी अण्डरराइटिङ तथा दाबी सम्बन्धी सेवाका लागि सीमित समयसम्म कार्यालय खुल्ला राखेका हुनसक्छन् । विपद जुनसुकै बेला पनि आइपर्न सक्ने भएकाले बीमितलाई पूर्ण सेवा दिन बीमकले बिदाको समयमा समेत सेवा प्रवाहलाई सुनिश्चित गरेका हुन्छन् । तसर्थ तपाईले दाबी विभागका कर्मचारीलाई टेलिफोन(मोबाइल नम्बर) सम्पर्क गरेर सूचना दिन सक्नुहुन्छ।

३) मोबाइल एप्लिकेशनमार्फत्ः

बीमकले बीमितलाई सेवा प्रवाहमा सहजीकरणका लागि मोबाइल एप्लिकेशनहरू पनि प्रयोगमा ल्याएका छन् । सम्बन्धित बीमकको मोबाइल एप्समार्फत पनि बीमा दाबी सम्बन्धी सूचना दर्ता गर्न सक्छन् ।

४) सामाजिक सञ्जालमार्फतः

प्रत्येक बीमकले फेसबुक मेसेन्जर, ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सञ्जाल र सञ्चार सेवाहरूको प्रयोगमार्फत ग्राहकसँग प्रत्यक्ष सम्पर्कको व्यवस्था मिलाएका हुन्छन् । तसर्थ सम्बन्धित बीमकको आधिकारिक सामाजिक सञ्जालमार्फत पनि बीमितले बीमा दाबी सम्बन्धमा प्रारम्भिक सूचना दिन सक्छन् ।

बीमा दाबी लाग्ने घटना दुर्घटना भएको अवस्थामा प्रहरीलाई समेत जानकारी गराउनुपर्छ। तसर्थ कुनै घटना दुर्घटना भएको छ, जसको पुष्टीका लागि प्रहरीको सिफारिश पत्र नै आवश्यक हुन्छ भने त्यस्तो घटना दुर्घटनाको विषयमा तत्कालै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनुपर्छ। सकेसम्म यस्तो जानकारी लिखितरूपमा गराएर सोको पुष्टी हुने गरी जाहेरी दर्ता नम्बर समेत प्राप्त गर्नु उपयुक्त हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS